प्रेस सेन्टर कर्णाली प्रदेश समितिको तेस्रो अधिवेशन सूरु
सुर्खेत :प्रेस सेन्टर नेपाल कर्णालीको तेस्रो अधिवेशन शुरु भएको छ । कर्णाली प्रदेसको राजधानी वीरेन्द्रनगर सुर्खेतमा एक भब्य कार्यक्रमका विचमा अधिवेशन शुरु भएको हो ।माओवादी केन्द्र कर्णाली प्रदेशका पाटी ईन्चार्ज कालीबहादुर मल्ल, अध्यक्ष विमला केसी र फ्याक्सन ईन्चार्ज कृष्ण जिसीले संयूक्त रुपमा अधिवेशनको उद्घाटन गरेका हुन ।
त्यस्तै अधिवेशनमा ईन्चार्ज मल्लले प्रेस सेन्टर अन्य भन्दा बौद्धिक र क्षमतावान संगठनको रुपमा अगाडि बढेको बताए । उनले प्रेस सेन्टरले निष्पक्ष कलम चलाउन अनुरोध गरे । उनले पत्रकार कुनै स्वार्थ मुखी नभई सामाजिक न्याय र जनताको हित मुखी हुने बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्र कर्णालीका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजकुमार शर्माले आर्थिक सामाजिक न्यायका लागि प्रेस सेन्टरको आवश्यकता रहेको बताए । उनले मिडिया भुइमान्छेको लागी र राष्ट्रका लागि प्रयोग हुनु पर्ने बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्र कर्णालीका अध्यक्ष विमला के.सीले प्रतिगामीलाई तह लगाउन पत्रकारको ताकत निकै महत्वपूर्ण रहेको छ । नयाँ संविधान, गणतन्त्र ल्याउन माओवादीको अगुवाई गरेको हो । यसको मर्म वुझेर प्रेस सेन्टर सहित सर्वैपत्रकारले आफ्नो विधामा लाग्नु पर्ने बेला आएको छ ।
प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष तथा कर्णालीका ईन्चार्ज ओपेन्द्र शर्माले अहिले केन्द्रीय परिवेशमा प्रेस सेन्टर र पार्टीले गरेको कामको प्रशंसा गरे । उनले संगठनले बैचारिक बाटो बिराएको बताए । उनले कर्णालीको बिकासको निम्ती प्रेस सेन्टरले कमल चलाउनु पर्ने बताए ।
त्यस्तै प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष देविराम देवकोटाले माओवादी यूद्धको भूमिबाट आएको पार्टी भएकाले आन्तरिक लोकतन्त्रको भरपुर प्रयास गर्नेमा बताए ।माओवादी आन्दोलनबाट विकसित पार्टीहरूले लोकतान्त्रिक प्रणालीलाई आत्मसात गर्दै संगठनभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।