आर्थिक अभावमा उपचार गर्न नसकेका मुटुरोगी बालबालिकालाई सुनौलो अवसर

जुम्ला : जुम्लाका आर्थिक अभावमा उपचार गर्न नसकेका मुटु रोगी बालबालिकाको लागी सुनौलो अवसर भएको छ। जन्म देख १५ वर्ष उम्मेर मुनिका मुटुको समस्या भएका तर आर्थिक अभाबमा उपचार नपाएकाहरुको लागी मनकारी सहयोगी दाताकोे ब्यक्तिगत्त लगानीमा यस्तो अवसर आएको हो ।सरकारले मुटु रोग सम्बन्धी निशुल्क उपचार गर्ने ब्यवस्था रहेको भनिए पनि जुम्लाबाट काठमाण्डौँ सम्म पुग्नको लागी धेरै खर्च लाग्ने अवस्था छ ।मुटुरोगको उपचार महँगो हुने भएकाले धेरै बालबालिका उपचार नपाएरै जटिल मुटुरोग संग लड्न बाध्य भएको पाइन्छ ।

यस्ता खलका समस्या भएका बालवालिकामा ओठ वा मुख कालो हुने, छाती दुख्ने, मुटुको चाल असामान्य हुनु,उकालोमा हिड्न गाह्रो हुने,अमाको दुध चुस्न लामो समय सम्मा नसक्ने जस्ता लक्षण देखिने प्रतिष्ठानमा कार्यरत्त बाल रोग विशेषज्ञ डा.कमल थानीले बताए ।उनका अनुसार आगामी फानुन ६ गते भित्र यस्ता खालका समस्या भएका बालवालिकाका अभिभाबकहरुले नाम टिपाउनु पर्ने छ । जसको लागी प्रतिष्ठानको बाल रोग बिभागको फोन ९८४३७३६७१४ ,मनिष रोकायाको फोन ९८४९३५२२४९ र महिला जारगरण मिडिया प्रालिको फोन ९८५८३२०७१२मा सम्पर्क  गर्न सकिने छ ।उनले भने, उनीहरुको प्रारम्भिक जाँचदेखि काठमाडौँ सम्मको यातायात व्यवस्था र उपचारको छिटोछरितोको सुनिश्चितको लागी पहल हुने भएकाले यो बालवालिकाको लागी सुनौलो अवसर हो । उनका अनुसार विदेशमा बसेर मानविय सेवा गर्ने निस्वार्थ भाब राखेका मनकारी दाताले आफ्नो नाम प्रचार नगर्ने स्वार्थमा सहयोग गरि रहनु भएको छ ।

डाक्टर थानीले जन्मे देखि १५ वर्षमुनिका मुटु रोगी बालबालिकाका लागि निःशुल्क उपचार सेवाको व्यवस्था गरेको प्रति उहालाई हार्दिक आभार ब्यक्त गरे । उनले यस पटक प्रतिष्ठानको बालरोग विभागअन्तर्गत बालबालिकाको निःशुल्क मुटुको भिडियो एक्सरे गरिने छ। यस्तो खालको समस्या भएकाको लागी थप उपचार गर्न दाताहरूको सहयोगमा काठमाडौँसम्म पु¥याइने व्यवस्था समेत मिलाइने भएको छ ।

त्यस्तै स्थानीय युवा मनिष रोकायाले दाताले गरेको यो सहयोगले मुटु रोग भएका तर आर्थिक अबस्था कमजोर भएका बिपन्न परिवारका बालबालिकाहरूलाई लाभ पुग्ने बताए । उनले दाताको सहयोगमा बिपन्न परिवारका बालवालिकालाई मुटु रोगको उपचार गर्न सहज हुने भएकाले सम्पर्क गरी परीक्षण गर्न अनुरोध गरे । रोकायाले जुम्लाको युवा भएको नाताले ग्रामिण भेगमा यस्ता खालका समस्या भएका बालवालिकाहरुका अभिभावकहरूलाई समयमै सम्पर्क गरी नाम टिपाउन अग्रह गरेका छन ।

मुटु रोगको उपचार महँगो हुने भएकाले आर्थिक अबस्था कम्जोर भएकाका बालवालिका उपचारबाट बंञ्चित हुने भएकाले उनीहरुको लागी जानकारी गाराउने उद्देश्यले हामीले प्रचार प्रसार गरेका हौँ । उनले यस्तो खालको समस्या भएका कारण यहका बालबालिका उपचार नपाएरै ज्यान गुमाउनु जर्ने अवस्था नआउन भन्ने हो ।यस अघि पनि केही यस्ता खालका समस्या भएका बालवालिकाको दाताको सहयोगमा उपचार गराईएको छ ।उनीहरुको समयमै उपचार गराउन पाएको खण्डमा धेरै बालबालिकाको ज्यान बचाउन सकिने भएकाले यस्ता खालको समस्या भएकाले प्रतिष्ठानको बाल रोग बिभागको फोन ९८४३७३६७१४, मनिस रोकायाको फोन ९८४९३५२२४९ र महिला जारगरण मिडिया प्रालिको फोन ९८५८३२०७१२मा सम्पर्क  गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार