काठमाडौं । कुम्भमेलाका तिर्थयात्री बोकेको बस सुर्खेतमा दुर्घटनामा परेको छ ।सुर्खेतको भेरी नगरपालिका–५ स्थित सानो खोलामा भे १ ख ४३३१ नम्बरको यात्रुबहाक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार बस बाटोबाट आफैं अनियन्त्रित भइ पुल नजिकबाट ७/८ मिटर तल खसेको छ ।बसमा कति यात्रु सवार थिए भन्ने समेत यकिन हुन बाँकी नै रहेको छ । अहिले उद्धारको काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए । दुर्घटना करिब सवा ५ बजे भएको प्रहरीको भनाइ छ ।
उक्त बस सुर्खेतबाट नेपालगञ्ज हुँदै भारतको कुम्भमेला जाने तयारीमा रहेको प्रहरीको भनाइ छ ।‘सबै जना सकुशल नै छन्, घाइतेलाई कोहलपुर अस्पतालतर्फ पठाइएको छ,’ सुर्खेतका एसपी रुपेश खड्काले भने ।दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।