जुम्ला :जुम्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सूरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिने अभियान अन्तरगत जुम्लामा आइतबारबाट सूरु भएको हो ।
यो खोप विद्यालयमा अध्यायनर कक्षा ६ खेदि १० सम्मका र बिद्यालय बाहिर रहेका किशोरीको हकमा १०वर्ष देखि १४ वर्ष उम्मेर समुहका किशोरीलाई लगाईने जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम बहादुर सुमाइले बताए।उनका अनुसार जुम्लाका ८ हजार १४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क ‘एचपिभी खोप’लगाईदै छ । उनले भने,नेपालमा महिलाहरूमा हुने क्यान्सर मध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखि भएको भिबिन्न अध्यायनले देखाएको थियो ।
सरकारले निशुल्कु रुपमा क्यासरको जोखिमबाट जोगाउन मुलुकभर एच एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो। जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितीका प्रमुख गौरी नन्द आर्चायले जुम्ला चिसोको कारण विद्याल ढिला संञ्चालन हुने भएकाले यो अभियान केही ढिला संञ्चालन भएको बताए । उनले बिद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । उनले यो खोप अभियान सफल पार्न सबैलाई अनुरोध गरेका छन ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप दिनु पर्ने बताएकाले सबैले आआफ्नोतर्फबाट खोप अभियानमा जोडिन आग्रह गरेका छन ।यो अभियान सफल बनाउन विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान दिनु पर्ने बताए ।
जुम्ला लगायत कर्णालीका हिमाली तथा पाहाडी भेगका महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सर देखिने गरेको छ । यस कारण एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्ने भएकाले सरकारले यस्तो अभियान थालेको हो ।
विश्वमा यसको सफल परीक्षण भइ यो सुरक्षित र प्रभावकारी पाइएको छ। नकरात्मक असर देखिएको छैन। बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन्। ढुक्क भएर लगाउन डाक्टर कमल थानीले बताए ।
जनस्वास्थ्य सेवा कार्यालयका अनुसार जुम्लामा जुम्लाको चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका, पातारासी गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिकामा माघ २७ गते देखी शुरु गरिएको र सिंजा क्षेत्रका हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा फागुन १ गतेदेखी खोप लगाईने भएको छ । खोप अभियान सफल पार्नका लागि ८६ वटा खोप केन्द्र र २०० जना स्वास्थ्यकर्मी परिचालन भईसकेका छन् ।