जुम्लामा नेपाली कांग्रेसको कर्मचारी संगठन नेपाल निजामति कर्मचारी यूनियनको नवौ जिल्ला अधिवेशन शुरु भएको छ । अध्यक्ष उपेन्द्र चौलागाईको अध्यक्षतमा उद्योग बाणिज्य संघ जुम्लाको हलमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, नेपाली कांग्रेसका जिल्ला उपससभापति कार्मा बुढा,संगठनका केन्द्रीय उपाध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अतिथि चन्द्रबहादुर खड्काले उद्घाटन गरेका हुन।
उद्घाटन सत्रमा केन्द्रीय उपाध्यक्ष खड्काले शुभकामना दिदै कर्मचारी ऐनमा भएको प्रगति र संशोधनको बिषयमा जानकारी गराएका थिए ।उद्घाटन सत्र पछि अहिले नयाँ नेतृत्वका लागि वन्दसत्र शुरु भएको कर्मचारी स्रोतले जनाएको छ ।
बन्दसत्रबाट कर्मचारीका हकहितका निम्ती काम गर्ने अब्बल कार्यसमि चयन हुने अपेक्षा व्यक्त गरिएको नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्या समिती जुम्लाले जनाएको छ ।