जुम्लाः सर्लाहीको बरहथवा नगरपालिका– ४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा– ५ की नेहा रौनियारलाई अन्तरजारतिय विवाहलाई दवाउन तथा जातिय विभेद संरक्षण गर्न खोजेको भन्दै नेपाल सरकारका गृहमन्त्री रमेश लेखक विरुद्ध जुम्ला प्रशासन राँके जुलुस सहित नारा जुलुस गरिएको छ ।
जुम्लाका दलित अगुवा यूवाहरुले राँके जुलुस सहित विरोध जनाएका छन । जिल्ला प्रशासन कार्यालय अगाडि जाती विभेद अन्त्य गर, गृहमन्त्री राजिनामा दे लगायतका नारा लगाईएको हुन ।
सर्लाही नगरपालिका ४ सत्यन्द्र कुमार (चमार) र वरहथवा ५ कि नेहा रौनियार विचमा २०८१ पुस ३ गते भएको उमेर पुगेको प्रेम विवाहलाई तोड्न गृहमन्त्री र उहाँको निर्देशनमा अन्तरजातिय वैवाहिक जोडिमाथी अत्याचार भएको भन्दै दलित अधिकारकर्मीहरु आन्दोलनमा उत्रिएको बताएका छन् ।
वुधवार जिल्ला स्थित पार्टीका भातृ संगठनहरुले प्रेस विज्ञेप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही मार्फत ध्यानकर्षण समेत गरिएका थियो ।
बिहिबार यूवाहरुले राँके जुलुसनै गरे । आन्दोलित यूवा नन्द तिरुवाले संसदमा गृहमन्त्री जफाव चित्त वुझ्दो नभएको भन्दै आन्दोलन थप गरिएको बताएका छन् । उनले माग सम्बोधन नभए सम्म आन्दोलन निरन्तर हुने बताएका छन् ।
घुम्न मुम्बई पुगेका उनीहरूलाई प्रहरी टोली नै भारत पुगेर पक्राउ मात्रै गरेन, शक्तिको दुरुपयोग गरी सत्येन्द्रविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको थियो । यति मात्रै होइन, लागुऔषधदेखि मानव बेचबिखनसम्मको मुद्दामा फसाउने भन्दै धम्क्याएपछि उनले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका दिए । त्यस्तै, सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिटसमेत दायर गरेका छन् । जसमा सर्वाेच्चले आइतबार रिट जारी गरी नेहालाई सत्येन्द्रकै जिम्मा लगाएको छ ।