काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नढल्नेबारे दिनैपिच्छे स्पष्टीकरण दिएर नहिँड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
‘अस्ति प्रधानमन्त्रीले गीत गाउनुभयो, ढलेँ, ढलेँ, ढलेँ । तपाईंहरूसँग विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु । भनेको भन्दा ७ दिनअघि छाड्छु भन्नुपर्छ त ?,’ उनले भने, ‘तपाईंहरूमा आपसमा साँच्चै विश्वास भएको भए हरेक ठाउँमा समयमै छाड्छु भनिरहनुपर्ने । के शेरबहादुरजीले सुन्नु हुन्न र ?