नौ कक्षाका बिद्यार्थीलाई एसईई पास गराउने भन्दै चर्को शुल्क उठाउने शिक्षक र बिद्यालय प्रति सरोकारवाला मौन

जुम्ला :जुम्लामा नियमित रुपमा नौ कक्षाका बिद्यार्थी एसईई परिक्षा दिन मिल्ने भन्दै केही शिक्षक र विद्यालय अत्यधिक शुल्क लिने गरेको समाचार पनी सरोकारवाला पक्षको मौनता प्रश्न चिह्न खडा भएको छ । यस्ता गैर कानुनी कुरालाई शिक्षक जस्तो पबित्र पेसा बोकेकाहरु बाट यस्तो कार्य भइरदा विद्यार्थी र अभिभावकहरूको लागि थप चिन्ता र समस्याको कारण बनेको छ ।

शिक्षा प्रणालीमा सुधारको आवश्यकता रहेको बेला, विद्यालय र शिक्षकहरूले बिद्यार्थीहरुबाट चर्को शुल्क लिनु, नियमित बढी रहेका बिद्यार्थीलाई बिभिन्न प्रलोभन देखाई पैसामा साटिभिर्केट किन्न खोज्नुले समस्या उत्पन्न गर्न गरेको छ ।सरकार र शैक्षिक निकायहरूको कर्तव्य हो कि यस्ता समस्यामा चासो राखी आवश्यक कदम चालुन्, र सबै विद्यार्थीलाइ सुलभ शिक्षाका लागि अवसर प्रदान गर्ने ।यसरी शिक्षा क्षेत्रमा संगठित रुपमा फैलिएको भुसको आगो निभाउने तर्फ यहाका सरोकारवाला निकाय बेखवर छन ।

यतिवेला तातोपानी ४ वडामा रहेको नेत्र ज्योती माबि हाँकुले गुठीचौर १ मा रहेको खड्ग देवी माबि मणिसाँघुका नियमित रुपमा कक्षा नौमा अध्यायनरत्त १६ जना बिद्यार्थीबाट एक जनाको ५ हजारका दरले एसईई परीक्षा फारम भरिदिने भन्दै शुल्क लिएको बिषय चर्चामा आएको छ ।खड्ग देवी माबि मणिसाँघुका गत्त वर्ष नौ कक्षाको रजिष्टेशन फारम नभरी नेत्र ज्योती मावि हाँकु बिद्यालयबाट गैरकानुनी रुपमा एस ईईको परिक्षा दिई जना बिद्यार्थी पास भएको बिषय उठान भएको छ ।

खड्ग देवी माबि मणिसाँघुका कक्षा नौका बिद्यार्थी जुनमाया रोकायाका सहितका गडी गाउँ ३ जना र १३ जना गुठीगाउँका गारी १६ जना बिद्यार्थीबाट ५हजारका दरले २०८१ चैत्त ७ गतेबाट हुने संञ्चालन हुने एसईईको परीक्षाको फारम भर्ने भन्दै अभिभावक बाट तातोपानी ६ कालिका आधारभुत्त बिद्यालयका शिक्षक रमेश न्यौपानेले पैसा लिएको बिषय संञ्चार माध्यममा बहिर आयो।

खड्ग देवी माबि मणिसाँघुका कक्षा नौमा अध्यायनरत्त बिद्यर्थीहरु सुरेन्द्र बुढा ,सुशिल बोहोरा,सुनिल बोहोरा ,आन्नद बस्ने ,रबिन्द बस्नेत,शन्त बुढा,रामछाया बाहोरा,जुनमाया रोकाया ,जनुदेवी बोहोरा ,सपना बस्नेत ,जुनतारा रोकाया,निरुता बोहोरा,निशा बोहोरा सहितका बिद्यार्थी रुपैया फिर्ता गरिदिन माग गर्दै शिक्षा बिकास तथा समन्वय ईएकाइको कार्यालयमा पुगेका थिए । यस बिषयको समाचार प्रकाशित भएपछि जुम्ला बजारमा चर्चा चलेको छ ।

गैर कानुनी रुपमा पैसा असुली कक्षा नौका बिद्यार्थीलाई एस ईई पास गराउने शिक्षक र बिद्यालय बिरुद्ध कानुनी कारबाही गर्नुको साटो यहका जिम्मेवरी निकाय टुलुटुलू हेरि बसेका छन । गत्त वर्ष खड्ग देवी माबि मणिसाँघुका कक्षा नौका बिद्यार्थीले तातोपानी ४ मा रहेको नेत्र ज्योती मावि हाँकुबाट एस ईई परीक्षा दिएर पास भएको भन्ने कुरा छताछुल्ल भएको छ । गत्त वर्ष काक्षा नौमा पढ्ने बिद्यार्थीले रजिष्टेशन फारम नभरी नौको परीक्षा उतिर्ण नगरी एसईई पास गर्नेमा खड्ग देवी माबि मणिसाँघुका मात्रै दश जना बिद्यार्थी रहेको उक्त बिद्यालयले बताएको छ । उनीहरुले पनी एस ईईको परीक्षा फारमको लागी ५सय तिर्नु पर्नेमा ५ हजार देखि २० हजार सम्म तिरेको बताउने गरेका छन ।

त्यस्तै शिक्षा बिकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश बहादुर मल्लले यस्तो कार्य गर्ने शिक्षक र बिद्यालयलाई कनुनमा भएको ब्यवस्था अनुसार कारबाही गर्ने बताए । उनले भने,यस अघि पनी कक्षा नौमा पढ्दै गरेका बिद्यार्थीहरुले नेत्र ज्योती मावि हाँकूबाट एसईई पास गरेको कुरा थाहा भएको छ ।यो कुरा यस पटक बाहेक यसअघि शिक्षा विकास तथा समन्वय ईकाइ जुम्लाले समेत थाहा पाएर वा नपाएर स्वीकार गरेको देखिन्छ ।उनले यस अघि गरेका गलत कार्यको बिषयमा   प्रशानस ,अख्तियार जस्ता निकायले हेर्ने बताए । हामी यसको लागी पहल गर्ने छौँ । उनका अनुसार यस पटकका कक्षा नौका बिद्यार्थीको फारम शिक्षा बिकास तथा समन्वय इकाइले रद्द गरी सकेकाले उनीहरुले गैर कानुनी रुपमा असुलेको शुल्क फिर्ता गराउन बिद्यालयका प्रधानाध्यापकलाई भनिसकेको छु । ।

यि हुन गत्त वर्ष नौ कक्षा पास नगरी एसईई दिने बिद्यार्थी
त्यस्तै खड्ग देवी माबि मणिसाँघुकाका प्रधानाध्यापक राम प्रसाद थकालीका अनुसार नियमित कक्षा नौमा पढ्ने बिद्यार्थीले एसईई दिने कूरा नियममा नमिल्ने कुरा हो ।उनले भने,‘गत्त साल पनी प्रधानाध्यापक बिष्णु भक्त शर्माको पालामा नियमित रुपमा कक्षा नौका जुनदेवी बोहोरा,चिरन देवी एडि ,महेन्द्र बोहोरा ,नविन एडी ,नरेश बोहोरा ,निमर्ला बोहोरा ,पुस्पा बोहोरा ,सुमान एडी सुस्मिता एडि र उर्जा बुढा गरी १० जनाले नेत्र ज्योती माविबाट एसईई परिक्षा दिई पास गरेको कुरा पुस्टी भएको छ ।खड्ग देवी माबि मणिसाँघुका अनुसार यो कुरा अहिले आएर थाहा भयो ।अहिले नौ कक्षा पढ्दै गरेका बिद्यालथीले जानकारी दिएपछि थाहा भएको हो ।
त्यस्तै नेत्र ज्योती मावि हाँकुका प्रधानाध्यापक जाज्वल्य राज न्यौपानेले शिक्षक रमेश न्यौपाने चन्द्रलाल बहोराको मिलोमतोमा यस्तो कार्य गरेको स्वीकारे ।उनले गत्त साल पनी कुन बिद्यालयबाट छ सात वटा कक्षा नौ पढ्ने बिद्यार्थी ल्याई एस ईई पास गरेका रहेछन ।नेत्रज्योती माबि हाँकुको बदनाम भएको छ ।उनले भने,यसरी बिद्यार्थीबाट असुलेको पैसा तत्काल फिर्ता बताएका छन ।

सम्बन्धित समाचार