जुम्ला: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका आन्दोलित शिक्षक तथा कर्मचारीले आन्दोलन स्थागित गरेका छन ।उनीहरुका अनुसार प्रतिष्ठानका उपकुलपती मंगल रावलले गरेको लिखित प्रतिबद्धताका आधारमा आन्दोलन सथागित गरेको पत्रकार भेटघाट मार्फत जानकारी दिएका हुन ।उनीहरुले लामो समय देखि बढुवा,स्थायी कर्मचारीलाई स्तरोन्नतिका नभएको भन्दै ५८ जना शिक्षक र कर्मचारीले ३२ दिन देखि आन्दोलित भएका थिए ।बिहिवार प्रतिष्ठानका आन्दोलित कर्मचारीले एक प्रेस बिज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम केही समयको लागी स्थागित गरेको भन्दै शैक्षिक भवनमा लगाएकाे ताला खाेलेका छन ।
उनीहरुले जारी गरेको प्रेस बिज्ञप्तीमा भनिएको छ, यस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखी स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको सम्बन्धमा प्रतिष्ठानमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारी सम्मानित उच्च अदालत सुर्खेत
जुम्ला इजलासबाट मिति २०८१ भाद्र २६ गते कर्मचारीहरुको पक्षमा भएको फैसला कार्यान्वयन नभए पश्चात मिति २०८१ कार्तिक २६ गते देखी निर्धारण गरिएका दवाव मुलक कार्यक्रम मिति २०८१ कार्तिक २७ गते दिउसो ३ बजे पदाधिकारी र कर्मचारीहरु विच भएको दुई पक्षीय वार्तावाट २८ जना शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी कार्यकारी परिषदले स्तरवृद्धि गर्ने निर्णय गरी अनुमोदनका लागि सन्गमा पेश गर्न निर्णय भए बमोजिम मिति २०८१ कार्तिक २८ गते प्रतिष्ठानका कूलपति तथा सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा सम्पन्न भएको सभा बैठकवाट सो निर्णय अनुमोदन भई सक्दा समेत प्रतिष्ठानका उपकूलपति गम्भिर नभई नियतवस सभाबाट अनुमोदन भईसकेको निर्णय कार्यान्वयन गर्न आलटाल गरेकाले मिति २०८१ मंसिर ३ गतेबाट प्रतिष्ठानको शैक्षिक भवन, पदाधिकारी कार्यकक्ष र सम्पूर्ण प्रशासनमा तालाबन्दी गरी आन्दोलनका कार्यक्रमहरु शुरु गरिएको थियो ।
त्यस्तै आन्दोलनका कार्यक्रमहरु अन्तर्गत आवश्यक छलफल तथा सहजिकरणका लागि मिति २०८१ अंसिर४ गते जिल्ला समन्वय समितिको सभाहल र २०८१ मंसिर ५ गते जिल्ला प्रशासन कार्यालयमा चमेको सर्वदाकीथ बैठकना समेत प्रतिष्ठानका परिकारीहरु नो विषय प्रति संवेदनशील नभएकाले कुनै पनि निर्णय हुन सकेन।
सोही दौरानमा मिति २०८१ मंसिर १७ गते रजिष्ट्रारज्यूवाट गठित यार्ता समितित्तग पटक पटक भएको छलफल अनुरुप मिति २०८१ मंसिर २८ गतेका दिन गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित विज्ञापनको सूचना र त्यस सूचनामा छुट भएका पदहरुको सम्वन्धमा मिति २०८१ पुष ४ गते प्राप्त पत्रानुसार सो विषय प्रति प्रतिष्ठान सकारात्मक रही उक्त विषय संबोधन गरिने व्यहोरा उल्लेख भई उपकूलपति ज्यूबाट छुट भएका पदका सम्बन्धमा समेत संवोधन गरिने लिखित प्रतिबद्धता आएको हुँदा हाललाई आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरी आजका मितिवाट आन्दोलनरत शिक्षक तथा कर्मचारीहरु नियमित कार्यालय कामकाजमा फर्किन यसै विज्ञिप्ती मार्फत जानकारीका लागि अनुरोध गर्दछौं ।
उनीहरुले यस आन्दोलनका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने जिल्ला समन्यव समिति जुम्ला परिबार, जिल्ला स्थित सम्पूर्ण पत्रकार, राजनितिक दल, विभिन्न कर्मचारी यूनियन तथा संघ संगठन,समाजसेवी एवं बुद्धिजिवी, प्रहरी, प्रशासन तथा नागरिक समाज, प्रतिष्ठानका पदाधिकारी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण विद्यार्थी भाईवहिनीहरुका साथै यस आन्दोलनका दौरानमा साथ सहयोग र समर्थन गर्नुहुने सम्पूर्ण सुभेच्छुकहरु प्रति आन्दोलनरत शिक्षक तथा कर्मचारीहरु हार्दिक आभार प्रकट गरेका छन ।
यस्तो छ उपकुलपतीको प्रतिबद्धता पत्र