जुम्लाका ८वटै स्थानीय तह साक्षर घोषणाःजिल्ला घोषणा गर्ने तयारी


जुम्ला:जुम्लाका ८ वटै स्थानीय तह साक्षर घोषणा गरिएको गरिएको छ ।यस अघि हिमा ,सिंन्जा ,पातारासी,तातोपानी ,चन्दननाथ नगरपालिका र कनका सुन्दरी,तिला साक्षर घोषणा भइसकेका थिए । बिहिबार गुठीचौर गाउँपालिका घोषणा भए पछि सबै पालिका सारक्षर घोषणा भइसकेको समन्वय प्रमुख गौरीनन्द आर्चायले बताए ।

सबै स्थानीय तह साक्षर घोषणा गरीएको छ ।उनले भने,‘हामी ऋब जिल्ला सारक्षर जिल्ला घोषण गर्न तयारी भइरहेको छ ।उनका अनुसार जना नागरिक मात्रै निरक्षर रहेको तथ्यांकले देखाएको छ ।उनका अनुसार आफ्नो नाम लेख्न सक्ने,घडि हेर्न सक्ने,मोबाईल चलाउन,ट्राफिक निययमको बारेमा थाहा पाउने लगायतका १२ वटा सूचकमध्य ५० प्रतिशत सूचक पूरा भएमा साक्षर घोषणा गर्न मिल्ने प्रावधान रहेको छ ।


त्यस्तै गुठिचौर गाउँपालिकामा रहेको जम्मा जनसंख्या १०९४४ मध्ये १५ देखी ६० वर्ष उमेर समूहका ६७९३ मध्ये ६५०३ जना साक्षरता कार्यक्रमबाट साक्षर भइ जम्मा ९५.७३ प्रतिशत जनसंख्या साक्षर भएको गुठी चौर गाउँपालिकाका अध्यक्ष  दान बहादुर बुढाले बताए । उनले यस गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरेको बताए ।

सम्बन्धित समाचार