फाईल फोटो
जुम्ला : गोरु मारेको खाएको आरोपमा जुम्लाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुम्ला कन्कासुन्दी गाउपालिका ८ बस्ने बर्ष ३१ को पदम सार्की भन्ने राज कुमार सार्कीलाई बुधबार प्रहरी चौकी गोठिज्यूला जुम्लाले नियन्त्रण्मा लिएको हो।
सार्कीले कन्कासुन्दी ७ बस्ने नन्दराज जैशीको सोही वडा स्थित बन जंगलमा चराउन लगाएको एउटा गोरुलाई आफ्नै घरमा लगी बन्चरोले मारी काटकुट गरेको आरोपमा सार्कीलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी निरीक्षक असिम हमालले बताए । उनका अनुसार हामीलाई फोनमार्फत जानकान जानकारी आएक पछि उक्त स्थानमा प्रहरी चौकीबाट प्रहरी हवलदार धन ब.कार्कीको कमाण्डमा ४जनाको प्रहरी टोली खटी गई निज ब्यक्तिलाई नियन्त्रणमा लिई प्रहरी चौकी गोठिज्युला जुम्लामा ल्याई राखिएको बताए ।
प्रहरीका अनुसार उनी माथी थप अनुसान्धान भइरहेको छ ।मुलुकी ऐनको गौवध सम्वन्धी कसुरमा मुद्दा चलाईने प्रहरीले बताएको छ । मुलुकी ऐनको चौपाया सम्वन्धी महल ७ को ११ नम्वरमा गोरु काट्नेलाई १२ वर्ष र सहयोग गर्नेलाई ६ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।