जुम्ला :कर्णली प्रदेस सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो कार्यकालमा स्थानीय तहले पहिचान गरेका योजना कार्यान्वयनगर्ने बताए ।शुक्रबार नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन ।
कर्णाली प्रदेस रकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको आगामी विकासको योजना निर्माणका लागि जिल्ला यात्रामा रहेको बताए। उनले आगामी विकास योजना निर्माणका लागि कर्णालीका सुर्खेत वाहिरका जिल्लामा भ्रमणमा गर्न थालेको बताए । उनका अनुसार कर्णाली सम्भावनाको क्षेत्र भएकाले अव आगामी योजना निर्माण गर्दा के राम्रो होला भन्ने बिषयमा सुझाव संकलन गरिरहेको छौँ ।साविक कर्णालीको कालिकोट,मुगु, जुम्लामा भ्रमणमा रहेको बताए ।
भईरहेका कामहरु अवलोकन गर्ने जन प्रतिनिधि संग सुझाव संकलन गर्ने बताए । पत्रकार भेटघाटमा मुख्यमन्त्री कँडेलले यहाँका जनप्रतिनिधि, कर्मचारी र पत्रकार सँग भेटघाट गरेर सूझाव लिईरहेका छौँ ।संघ, प्रदेश र स्थानीय तहको विकास निर्माणको सन्दर्भमा छलफल गर्दै आईरहेको बताए , उनले कर्णाली समग्र विकाका लागि राजनैतिकदलले समेत एकजुट भएर लाग्न आवश्यक रहेको छ । उनले जुम्लालाई सम्भावनाको जिल्ला हो यहाँको स्याउको सम्भावना बिषयमा कृषक सँग पनि छलफल कार्यक्रम राखिएको छ ।
पत्रकार भेटघाटमा पत्रकारहरुले कर्णालीमा बजेट कम, जिल्लाको माग अनुसारको नभई प्रदेशले योजना पठाउने, कानुन मन्त्रालयलाई शाखाको रुपमा किन राख्नु भयो ? कर्णाली प्रदेशले यातायात ऐन कहिले बनाउछ ? आम्दानी बृद्धिमा कहिले सोच्ने ? यहाको आबश्यताको आधारमा नभई कार्यकर्ता मुखि टुक्रे योजना किन निरन्तरता किन दिईन्छ । लगायतका प्रश्न सोधेका थिए ।
त्यस्तै पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले कर्णालीमा आम सञ्चार विधेयक छिटै अगाडी बढाउनु पर्ने बताए । उनले कर्णालीका पत्रकारलाई क्षमता अभिबृद्धि तालिम र लोकल्याणकारी विज्ञापन वितरण दुइ महिना मात्रै दिईने गरेको बताए।उनले आर्थिक मसान्तमा मात्रै नभई आर्थिक वर्षको सूरुवातबाटै बितरण गर्न अनुरोध गरे ।२०७९ सालको बाढि पहिरोको विपतमा क्षेति भएका जुम्लाका घरको पुर्ननिर्माणमा सहयोग गर्न सुझाव दिए ।
पत्रकार भेटघाटमा मुख्यमन्त्री कँडेलले पत्रकारले सोधेको प्रश्नको उत्तर दिदै साविक कर्णालीमा पत्रकारको सूझाव तथा प्रश्नले समेत आगामी विकास योजना बनाउन सहयोगपुग्ने बताए । उनले कर्णाली सरकारमा आफु मात्रै नभई बिभिन्न संरचना भएकाले केही काम गर्न वाध्यता रहेको बताए । उनले योजना किनवेच गर्ने नभई कसैले पनि काम गर्नेmममा अतिरिक्त शुल्क तिर्न नपर्ने बताए । उनले आफ्नो सरकारले हिजो प्रतिपक्षले ल्याएका योजना समेत नवदलेको बताए ।