माओवादी केन्द्रको जुम्लाका सबै वडामा खबरदारी सभा

जुम्ला :नेकपा माओवादी जुम्लाले जुम्लाका सबै वडामा खबरदारी सभा गरेको छ । माओवादीले जुम्लाका ६० वटै वडामा सरकारले गरेको वेथिति र भष्ट्रचार विरुद्धको खबरदारी सभा गरेको हो । पार्टीको केन्द्रीय सर्कुलर र जिल्लाले गरेको निर्णय अनुसार एकै साथ जिल्लाभरका वडामा कार्यक्रम गरेका हुन ।


त्यस्तै जिल्ला संयोजक नवराज न्यौपानेका अनुसार सरकारले गरेका वेथिति विरुद्ध विरुद्धको खवरदारी सभा गरिएको छ ।उनले वडा वडामा सरकारका वेथिति र भ्रष्ट्रचार विरुद्धमा ध्यानाकर्षण सहित कार्यक्रम गरि खबरदारी गरिएको जानकारी दिए । उनले भने, सबै वडामा ¥याली सहित औपचारिक कार्यक्रम गरिएको छ।

सहकारी ठग माथि शख्त कारबाही गर, सहकारी पीडितहरूको बचत रकम फिर्ता गर, एसपीपी सम्झौता चाहिदैन, प्यालेस्टाइन माथिको इजरायली आक्रमण बन्द गर, सिन्जा सभ्यता विधेयक पारित गर, सन्जामा मालपोत र नापी कार्यालय स्थापना गर, स्याउ तथा ओखर विकास बोर्ड गठन गर, विपद् पीडितहरूको घर निर्माणको रकम भुक्तानी गर, बिद्धुतको अरबौ बक्यौता असुल गर, नाग्म – गमगडी राजमार्ग कालोपत्र गर, शैक्षिक विकृति बन्द गर, शैक्षिक माफिया होसियार, जुम्लामा उच्च पर्वतीय विश्वविद्यालय स्थापना गर, जनता आवास तथा विपन्न नागरिकहरूको घर निर्माण गर लगायतका नारा सहित ¥याली कार्यक्रम शुरु गरिएको हो ।


त्यस्तै खबरदारी सभामा जिल्ला ईन्चार्ज र केन्द्रीय सदस्य नरेश भण्डारीले गुठिचौर गाउँपालिकाको वडा नम्बर ५ मा आयोजना गरिएको कार्यक्रममा सम्वोधन गर्नुभएको छ । यसैगरी सहईन्चार्ज तथा केन्द्रीय सदस्य गोमा कुँवरले तातोपानी गाउँपालिकाको वडा नम्बर ७ मा सम्वोधन गर्नुभएको छ । माओवादी जिल्ला संयोजक नवराज न्यौपानेले तातोपानी गाउँपालिकाको वडा नम्बर ३ को सभामा सम्वोधन गरेका छन । भने यसैगरी नेकमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य लक्ष्मीकन्या बुढाले हिमा गाउँपालिकाको वडा नम्बर १ को कार्यक्रममा सम्वोधन गरेकी हुन ।


त्यस्तै वैकल्पिक केन्द्रीय सदस्य चन्द्रविर तिरुवाले सिँजा गाउँपालिका वडा १ नम्बरको सभालाई सम्वोधन गरेका हुन । यसैगरी सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सिँजा गाउँपालिकाको वडा नम्बर ३ र तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले तिला गाउँपालिकाको वडा नम्बर ७ मा सम्वोधन गरेका छन । नेकपा माओवादी केन्द्रका अनुसार केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला, गाउँपालिका र वडापालिकाका नेताहरु यस पटक वडा वडामा खटिएका थिए ।

त्यस्तै जिल्ला इन्चार्ज नरेश भण्डारीले माओवादी नाम गरेको सिंह बाघ हो र विरामी भएको थियो । उनले अब कनकासुन्दरी गाउँपालिकामा भएको कार्यक्रममाबाट बाघले अभियान थालनी गरेको बताए । उनले भने त्यो कार्यक्रममा धेरै भरोसा मानेर जनप्रतिनिधि सहित ५८२ जना माओवादीमा प्रवेश गरेका बताउदै अवको भरोसाको पार्टी नेकपा माओवादी रहेको, बताए । उनले सरकारले सुशासन अभियानलाई कमजोर पार्न थालेको बताउदै खबरदारी गरिएको उनको भनाई छ ।

माओवादी जुम्लाका सहईन्चार्ज गोमा गौतम कुँवरले सरकारका वेथिति विरुद्ध माओवादीले खबरदारी सभा आयोजना गरिएको बताइन । उनका प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको माओवादीले केन्द्रले गरेका पछिल्ला कार्यक्रम अनुसार जुम्ला पार्टी सक्रिय भएको छ ।

माओवादी केन्द्र जुम्लाले पछिल्लो समयमा थालिएको रुपान्तरण अभियान सहित विभिन्न कार्यक्रम सक्रिय रुपमा लागेको हो । यस अघि माओवादीले पछिल्लो पटक कार्तिक ५ गते सिँजा क्षेत्रको कनकासुन्दरीमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित कार्यक्रममा बृहत जनसभा समेत सम्पन्न भएको छ ।

 

सम्बन्धित समाचार