प्रतिष्ठानको दिक्षान्त समारोह :पदाधिकारीको मनोमानी, जनप्रतिनिधि र पहलकर्ताको अपमान

जुम्ला :कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे प्रथम दिक्षान्त समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त समारोहमा ५ वटा विधामा स्वर्ण पदकसहित ३० जना विद्यार्थी दिक्षित भएका छन् ।

प्रथम दिक्षान्त समारोहमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक पहलकर्ताहरु, सांसद तथा जनप्रतिनिधिहरुको अपमान गरिएको छ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित प्रथम दीक्षान्त समारोह पहलकर्ताहरुको नाम पनि उच्चारण गरिएन भने जुम्लाका सांसद ज्ञानबहादुर शाहीले दिक्षान्त समारोहमा सुरक्षाका नाममा नागरिकहरुको सहभागितालाई प्रतिबन्ध लगाएकोमा आपत्ति जनाउँदै बहिस्कार गरेका थिए। तर दिक्षान्त समारोहमा जुम्लामा सांसद ज्ञानबहादुर शाही, प्रदेश सांसद देवेन्द्रबहादुर शाही, टेकराज पछाई, संस्थापक पहलकर्ता नरेश भण्डारी, बलबहादुर महत, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु सबैलाई मर्यादाविहीन ढंगले बस्नुपरेको थियो ।

प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहलाई उच्च महत्व दिँदै सहभागी भएका जुम्लाका जनप्रतिनिधिको अपमान गर्नमा प्रतिष्ठानका पदाधिकारीहरुले योजनावद्ध उद्दत भएर राज्यको मर्यादाको उल्लंघन गरेका छन् । गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले प्राज्ञिक कार्यक्रममा प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारले नेकपा(एमाले) र केपी शर्मा ओलीकै नेतृत्वमा प्रतिष्ठानका सबै कार्य भएको उद्घोेष गरेर कार्यक्रमलाई राजनीतिकरण गरेको टिप्पणी गरेका छन् ।

उनले प्रतिष्ठानका पहलकर्ता संस्थापकहरुको पनि अपमान भएको वताए । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले दिक्षान्त समारोहमा सहभागिता गराउँदा पनि विभेद गरिएको बताएका छन्। त्यस्तै  सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले प्रतिष्ठानजस्तो प्राज्ञिक र बौद्धिक संस्थामा रजिष्ट्रारको नियुक्ति प्राज्ञिक व्यक्तिलाई गर्नुपर्ने आवश्यकता भएकोे बताएका छन् । रजिष्ट्रार प्रतिष्ठानजस्तो गरिमामय संस्थाको हितका निम्ति नभई राजनीतिकरणमा उद्दत भएको बताएका छन् भने निर्वाचित माननीयलाई सिनेट सदस्य नभए पनि आमन्त्रित सदस्यका रुपमा सहभागी गराउनु पर्नेमा नगरिएकोमा यो गम्भीर आपत्तिको विषय भएको बताएका छन् ।

कर्णालीको पिछडिएको, गरिवी र अभावको बिम्ब फेर्ने ऐतिहासिक जिउँदो संस्था प्रतिष्ठानलाई आफ्ना आसेपासे भर्तिकेन्द्रमा फेर्नमा उद्दत प्रतिष्ठानका पदाधिकारीहरुले यसअघि दिक्षान्त समारोह स्थगित गरेपछि दिक्षित हुने विद्यार्थीहरुको सहभागिता पनि करिव ५२ प्रतिशत मात्र भएको छ ।  संसद देवेन्द्र बहादुर  शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहलाई उच्च गौरवको अवसरका रुपमा लिएर सुर्खेतबाट आए पनि जनप्रतिनिधिहरुलाई प्रतिष्ठानका पदाधिकारीहरुले व्यवस्थापन मिलाउन नसकेको वताए ।उनले भने,प्रतिष्ठानका कुन ब्यक्तिकाे स्वार्थ कहाँ  बाँझिएको छ । उनका अनुसार यश पटक  बाबुलाई छोरोले डोकोमा बोकेर फाल्ने नीतिकथा प्रतिष्ठानले लागू गरेको उनले बताएका छन् ।

त्यस्तै कर्णाली प्रदेस सांसद देवेन्द्रबहादुर शाही, टेकराज पछाईलगायतका सांसद र जुम्लाका स्थानीय तहका जनप्रतिनिधि बस्ने कुर्चीको समेत व्यवस्था नहुँदा अलमलमा परेका थिए । नेपाली र अंग्रेजी भाषामा एमालेले सारा काम गरेको, वहाल उपकुलपति र रजिष्ट्रारले आफ्नै प्रशंसामा समय खेर फालेको देखेर स्थापनाको लागि संघर्ष गरेका संस्थापक परिकल्पनाकार नरेश भण्डारी दिक्षान्त समारोहबाट बाहिरिएका थिए । बलबहादुर महतले पहलकर्ताका लागि बस्नका लागि सिट व्यवस्थापन पनि नगरिएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए ।

स्मरणरहोस् २०६४ सालको संविधानसभामा नरेश भण्डारी जुम्लाबाट निर्वाचित भएपछि जुम्लाका राजनीतिज्ञ, बुद्धिजीवी, समाजसेवीको अगुवाइमा प्रतिष्ठानको पहल समिति गठन भएको थियो । सो प्रतिष्ठानका कल्पनाकार भण्डारी त्यो समितिका संयोजक र सहसंयोजक बलबहादुर महत,गोविन्द शाही सहकोषाध्यक्ष यशोदा न्यौपाने कोषाध्यक्ष, क्षेत्रबहादुर बुढ्थापा सदस्य सचिव, नवराज न्यौपाने, खड्गबहादुर सेजुवाल, राजबहादुर महत, धिरेन्द्रराज गिरी, पदमबहादुर रोकाया, विष्णु तिमिल्सिना, लक्ष्मिकन्या बुढा, राजुसिंह कठायत, बिष्णुबहादुर बुढ्थापा, कालिबहादुर महत, भुवनसिंह सेजुवाल, अमरसिंह बुढ्थापा, भरत बुढ्थापा, भानु देवकोटा, अग्नि उपाध्याय, भवानीप्रसाद, अधिकारी, धिर वड सदस्य रहेका थिए ।

व्यवस्थापिका संसदमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी गैरसरकारी विधेयक २०६७ चैत १५ मा रायका लागि स्वास्थ्य तथा शिक्षा मन्त्रालयमा पठाइएको थियो । भण्डारीले दर्ता गरेको विधेयक सरकारले स्वामित्वमा लिएर २०६८ असोज ५ गते संसदबाट पारित भएको थियो ।

सम्बन्धित समाचार