रेडक्रस सोसाईटी जुम्ला द्धारा२४ जनालाई ४ दिने विपद् प्रतिकार्य तालिम


जुम्ला :नेपाल रेडक्रस सोसाइटी जुम्लाले स्थानीय युवा युवतीलाई बिपद प्रतिकार्यका लागी समुदायि पहल तालिम दिएको छ।चन्दननाथ नगरपालिकाका २४जनालाई विपद् प्रतिकार्य सम्बन्धी ४ दिने तालिम दिइएको हो ।विपद् प्रतिकार्यसम्बन्धी पूर्वतयारी र प्रतिकार्यका विषयमा स्थानीय स्तरको टिम तयार पार्नका लागी समुदायका युवालाई ४ दिने सम्पुर्ण शिक्षा दिने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जुम्लाले विपद प्रतिकार्य तालिम सुरु गरेको छ।

बिपद प्रतिकार्य लागि समुुदायिक पहल तालिमले पहिलो बिपद् उद्धार टिम तायार हुने तालिमका प्रशिक्षक खगेन्द्र राज जोसीले बताए । उनले पहिलो उद्धार कर्ता सामुदायमा बस्तो युवा हुन । पछिल्लो समयम वेमौसमी वर्षाका कारण बाढी पहिरो जस्ता बिपद भइरेका छन । यसबाट हुने क्षेती कम गर्नका लागी बिपद प्रतिकार्य सम्बन्धी तालिम दिन थालिएको हो ।


त्यस्तै चन्दननाथका नगर उप प्रमुख राम देवी खड्काले बिपद आउदा अपनाउनु पर्ने सवाधानिहरुका बारेमा रोम्रो संग सिक्न जरुरी रहेको बताइन । उनले २४ जना सहभागीलाई यो तालिमबाट सिकेका कुरा सबै ब्यवहारमा लागू गर्न अनुरोध गरिन । उनले रेडक्रसले सुपर परियोजना अन्तरगत्तको यो तालिमको सफलताको शुभकामना ब्यक्त गरिन ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटी जुम्लाका कार्यबहाक सभापती जगदिश चौलागाईले रेडक्रसले सीप सिकाउने हो लागू गर्ने काम तपाईंको होे । यो तालिमका सिकेका सिपको सदुपयोग गर्नु अनुरोध गरे ।त्यस्तै रेडक्रसका जिल्ला परियोजना अधिकृत ईश्वरा सुवेदीले लैंगिक समान्तालाई मध्यनजर गर्दै महिलालाई पनी सहभागीता गराइएको छ ।उनले भनिन,‘भयो भने आठ वटा तहमा पनि ठाउनु पर्छ । तिलक न्यौपाने बिपदमा सबै भन्दा बढी महिला तथा बालवालिका पर्ने तर उद्धार कर्ता पूरुषमात्रै हुदा सम्वेदानसशल नहुदा समस्या हुने गरेको बताइन ।
त्यस्तै चन्दननाथ नगरपालिका १ का वडाध्यक्ष तिलक न्यौपालेले नेपाल सरकारले तयार पारेको बिपद उद्धार कार्ता सुरक्षा निकाय हो । सबै भन्दा पहिले समुदाय स्तरकै नागरिक पुग्दा छिटो छरितो उद्धार हुने भएकाले स्थानीय युवालाई विपद् प्रतिकार्य लागी समुदायिक पहल तालिम दिइएको बताए । उनले चार दिने तालिमका सहभागीलाई राम्रो संग सिक्न अनुरोध गरे । उनका अनुसार जोखिम न्यूनीकरण गर्न विपद् प्रतिकार्यमा प्रत्यक्ष संलग्न रहने सरोकारवालाको सहभागितामा शुक्रबारदेखि चार दिने तालिम सुरु भएको हो। नगर प्रहरी ,नगर स्वयमसेवक ,नगरको बिपद शाखा , प्रहरी विपद प्रतिकार्यमा प्रत्यक्ष खट्ने ,रेडक्रसकर्मी लगायत २४ जनाको सहभागिता छ।

सम्बन्धित समाचार