प्रतिष्ठानका ५५ जना बिरामीलाई स्याउ र अंण्डा बितरण


जुम्ला :ओवादी केन्द्रका नेता लक्ष्मी प्रसाद उपाध्याय (दिपक )ले जन्मदिनको अवसरमा बिरामीलाइ स्याउ, अण्डा र फ्रुटी बितरण गरेका छन ।गौत्तम कृर्षि तथा पशु पंक्षि पालन फोर्मबाट नेता उपाध्यायले आफ्नो ४३ औं जन्मदिनको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानका बिरामरीलाई स्याउ, अण्डा र फ्रुटी बितरण गरेका हुन ।प्रतिष्ठानमा उपचाररत ५५जना बिरामीलाई पोषिलो खाने कुराको मात्र पुगोस भन्ने उद्देश्यका साथ उक्त सामग्री वितरण गरेका नेता उपाध्याय बताए । उनका अनुसार लोकल कुकुराको अण्डा दुईवटा र दुईवटा स्याउ र एक फ्रुटी वितरण गरेका हुन।

उनले सामाजिक सेवाको भावले आफ्नो जन्मदिनमा अरुक्षेत्रमा खर्च गर्नु भन्दा बिरामीलाई यस्तो खाद्य समाग्री बितरण गरेको बताए । उनले भने, जन्म दिन मनाउने नाममा होटलमा गइ केच काट्ने खर्चले प्रतिष्ठानका बिरामीहरूलाई स्वास्थ्यलाभको कामना सहित पोषणका खाने कुरा बितरण गरिएको हो ।
त्यस्तै गौत्तमले बिराामीलाई फलफुल दिँदै गचिसोबाट सुरक्षित रहि आफ्नो स्वास्थ्यको ख्याल राख्न सुझाब दिएका छन ।उनले भने, यहको अबसको समय अत्यधिक चिसो बढ्ने समय भएकाले दम, रुघाखोकि, डायरिया र पेट दुख्ने लगायतका बिरामि बढ्ने गर्दछन ।

त्यस्तै नेता उपाध्ययकी धर्म पत्नी तथा तातोपानी गाउँपालिकाका पुर्व उपाध्यक्ष गंगादवी उपाध्यायले जन्मदिनको दिन बिरामीहरुको सेवा गर्ने उद्देश्यले अस्पतालमा पोषिलो खाने कुरा बितरण गरेको बताइन । उनले श्रीमानको जन्मदिन बिरामीको सेवा गरेर मनाउँदा निकै खुसी लागेको बताईन ।

सम्बन्धित समाचार