सांसदको मर्यादा माथि खिल्ली उडाउँदै सांसद ज्ञानबहादुर शाही: जि.स.स.तातो न छारो,जनप्रतिनिधि साँढे

जुम्ला :सांसदले आफ्नो मर्यादा जोगाउनु भनेको उनिहरूले आफ्नो पद र जिम्मेवारीलाई लिएर राख्ने आचारण, नैतिकता र व्यवहारको स्तर हो । मुख्यतया सांसदको काम आफ्नो निर्वाचन क्षेत्रका जनताको चासो, समस्या र आवश्यकताहरूलाई संसदमा उठाउन र समाधान गर्नको लागि काम गर्ने हो ।सांसदहरूले कानून बनाउने, नीतिहरू निर्धारण गर्ने, र सरकारी गतिविधिहरूको अनुगमन गर्ने कार्यमा पनि संलग्न हुने हो ।
जिम्मेवारीमा विकास परियोजनाहरूको योजना र कार्यान्वयनमा सहभागी हुनु, बजेट पारित गर्न, र सार्वजनिक चासोका मुद्दाहरूमा छलफल गर्नु र जनताको सेवामा योगदान पुर्याउनु हो। तर जुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सांसद ज्ञान बहादुर शाहीले जन्तामा झुटा भाषण गरेर भ्रम छरेको भन्दै स्था्नीय तहका  जनप्रतिनिधिबाट चर्को आलोचना भएको छ ।
त्यस्तै सिंजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धिताले मिति २०८१ कार्तिक १४ गते जिल्ला समन्वय समिति जुम्लाको आयोजनामा बार्षिक समीक्षा कार्यक्रममा साँसद ज्ञान बहादुर शाहीले स्थानीय सरकारका प्रमुख हरुलाई साँढे भनेर तथानाम गाली गरेको सुचना पाउँदा हामीलाई दुख लागेको बताए। उनले माननीय जस्तो जिम्मेवारी मा बसेको ब्यक्ति ले तथ्य र मर्यादा नबुझिजे पायो बोल्दै गएकोले आफुनो धर्जी आफै उठाएको बताए ।
जे मन लायो त्यही बोल्नु पाइन्छ साँसद जस्तो गरिमामय पदको मर्यादालाई जोगाउन नसेकी पाँडे गालिमा झार्नु ले जनप्रतिनिधि लाई नै लज्जित बनायको छ ।सँबिधानले तीन तहका सरकारहरुको कार्यक्षेत्र र सिमा निर्धारण गरेको छ । सिमा उलङ्घन गर्ने हर्कद कसैले नगर्न र बोलियका अपशब्द फिर्ता लिन सांसद ज्ञान बहादुर शाहीलाई चुनौती दिएका छन ।

कार्तिक १४ गते, जिल्लाका सरकारी गैरसरकारी कार्यालयको बार्षिक समिक्षा गोष्ठीमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका सांसद ज्ञानबहादुर शाहीले स्थानीय तहका प्रमुख साँढे, जिससको नाम तातो न छारो अभिब्यक्ति दिएका थिए । प्रमुख अतिथिका रुपमा रहेका उनले जुम्लाका स्थानीय तह जनप्रतिधिहरुलाइे साँढे र कर्मचारीलाई बाउको तलब खाएको जस्तो गरेको संज्ञा दिएका हुन । उनी उनी जुुन कार्यालयको निम्तोलाई स्वकार गर्दै अतिथि हुन गएका थिए ।

सोही कार्यालयको नाम उचारण नगरी तातो न छोरा भनि गिज्याई रहेका थिए ।जब एक निर्वाचित सांसदले आफ्नो पदको गम्भीरता नबुझी कर्तव्य र जिम्मेवारीलाई उपेक्षा गरेको पाइएको छ । सांसदहरुका यो अवस्था, क्रियाकलापले जनतामा निराशा फैलिन्छ। सांसद शाहीले जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यलाई जुम्लाका सबैस्थानीइ तहलाई तह लगाउन निर्देशन दिए । सांसद शाहीले तपाई स्ट्रोङ्ली नगए म जान्छु ।सांसद शाहीले वुधवार जिल्ला समन्वय समितिको समिक्षामा वोल्दै भने गाउँपालिका प्रमुख को हो ? यहा कसैको वाउको मर्जि चल्दैन भन्दै आक्रोस पोखे । उनले समन्वय समितिको कार्यालयलाई पहिला त जिल्ला विकास समिति थियो अहिले नाम पनि भन्न आउदैन मलाई यो कार्यालय तातो नछारो भएको बताए । त्यहा उपस्थित भएका उनले सरकारी कर्मचारीको मुखमा हेर्दै भने तिमिहरुको वाउको मर्जी हो यो, अब म प्रत्येक कार्यालयमा आउदैछु भन्दै चेतावनी समेत दिए ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थानीय तहले गिट्टी वालुवा रोक्न अनुरोध गरेको भएपनि नरोकिएको बताए ।उनले अवैध रुपमा संचालित क्रसर मेशिनका लागि रविलामिछाने गृहमन्त्री हुदा रोक्न आएपनि पछि सरकार पछि हटेको छ । उनले सवै वेथिति रोक्नका लागि सबै मिलेर गर्न आवश्यक रहेकोमा छ ।
समिक्षा कार्यक्रममा उपस्थित सरकारी कार्यालय तथा गैरसरकारी निकायले गरेका कामको प्रगति प्रस्तुत गरेका छन् । सड्क डिभिजन कार्यालय , पशुसेवा तथा पशुअस्पताल जुम्ला, प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोजन कार्यालय, उद्योग उपभोक्ता हित संरक्षण कार्यालय, कृषि अनुसन्धान कार्यालय, सामाजिक विकास कार्यालय, चन्दननाथ नगरपालिका, पेश नेपाल, किडार्क नेपाल सहितका सरकारी तथा गैरसकारी निकायले आफ्नो प्रगति प्रस्तुत गरेका छन् । पत्रकारहरुले प्रस्तुति गर्ने कार्यालयहरुलाई जिज्ञासा राखेका थिए ।

सम्बन्धित समाचार