जुम्ला :प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले बिभिन्न ठाउँमा दिइने झुटो अभिव्यक्ति प्रति नेकपा माओवादी केन्द्रको ध्यानाकर्षण भएको छ।शुक्रबार माओवादी केन्द्र जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरी प्रेस विज्ञाप्ति जारी समेत गरेको हो ।सांसद शाहीलाई विवास्पद अभिव्यक्ति नसच्चाए प्रतिवाद गर्ने चेतवानी दिएको छ । सांसद शाहीले जनप्रतिनिधिलाई साँढेको उपमा दिदै बाबुको तलव खाएको जस्ता निस्कृठ अभिव्यक्ति दिएको प्रति माओवादी केन्द्र जुम्लाले आपत्ति जनाएको छ ।
सांसद शाहीले विभिन्न सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति प्रति माओवादीको ध्यानाकर्षण भएको जनाएको नेकपा माओवादी केन्द्र जुम्लाका जिल्ला संयोज नवराज न्यौपाने बताए । सांसद शाहीले संविधान विरोधी, तथ्यहीन र अश्लील टिप्पणीहरू गर्दै सामाजिक सद्भावमा खलल पु¥याउने काम गरेको उनको आरोप छ ।नेकपा माओवादी केन्द्र जुम्लाका जिल्ला संयोज नवराज न्यौपानेद्वारा जारी विज्ञप्तिमा शाहीले सिंजा सभ्यता विधेयकको विषयमा झूटो प्रचार गरेको उल्लेख गरिएको छ ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक–पटक ‘हत्यारा’ को संज्ञा दिएको, जनप्रतिनिधिप्रति अपमानजनक टिप्पणी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।माओवादी केन्द्रले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता जिल्लाका गौरवमय संस्थाप्रति जनताको अनास्था बढाउने प्रयास गरेको, बताइएको छ ।सार्वजनिक समारोहमा अश्लील शब्दावली प्रयोग गरेको विज्ञप्तिमा भनिएको छ । शाहीले सिंजा सभ्यता विधेयकका सम्बन्धमा गलत प्रचार गरिएका छन ।
विधेयकलाई क्याबिनेटमा शैद्धान्तिक सहमति भएको तथ्यलाई झुठो भनेका हुन ।उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामकाजमा अनावश्यक नकारात्मकता फैलाउँदै स्वास्थ्यकर्मी र कर्मचारीहरूको मनोबल गिराउने टिप्पणी गरेका छन् । माओवादी केन्द्रको जनयुद्धको जग र जनआन्दोलनको बलमा रैती प्रजावाट नेपालीहरूले नागरिक बन्ने अवसर पाएका छन् ।
पृथ्वीनारायण शाहको राज्य विस्तारको क्रममा बहादुर शाहको अगुवाइमा जुम्ली सेनाहरु दशैमा घर गएको मौकामा आक्रमण गरेर जुम्ला राज्यलाई नामेट गरिएको तथ्य छिपेको छैन् ।तत्पश्चात्का २१७ वर्ष भन्दा ज्यादा समय शासन गरेर कर्णालीलाई अघोषित नाकाबन्दी लगाउने, सरकारी सेवामा प्रजिअको जिम्मेवारीबाट समेत बन्चित गरेर कर्णालीवासीलाई शासितको व्यवहार गर्ने, १२ वर्ष भन्दा माथिकालाई सफाया गर्न भक्ति थापालाई आदेश दिएर जुम्लीहरुको मेसेकार गर्ने, जुम्ला राज्यका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका वस्तुहरु नष्ट गर्ने शाहवंशीय राजतन्त्रको वकालत गर्ने प्रतिनिधसभा सदस्य ज्ञानबहादुर शाहीले जुम्ला जिल्लामा सम्पन्न विभिन्न कार्यक्रममा दिएका अभिव्यक्तिहरू प्रति गम्भीर ध्यानाकर्षण गरेको हो।
नेकपा त्यस्तै माओवादी केन्द्रका जिल्ला ईज्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारीले तत्कालिन समयमा आफु प्रदेशसभामा रहेको समयमा दर्ता भएको थियो ।
सांसद ज्ञानेन्द्र त्यतिवेला सामाजिक अभियान्ता थिए । सरोकारवालालाई पठाउने क्रममा पठाएको थिए । सुझाव मागेको हो, उनले धन्यवाद दिएका थिए सुझाव आएन । त्यस पछि प्रदेश सभामा दर्ता गरेका थियौ । त्यसपछि समितिमा अडकियो र दोस्रो चरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको तर्फबाट अगाडि बढाएर अर्थ हुदै सम्वन्धित मन्त्रालय हुदै अध्यक्ष प्रचण्ड नेतृत्वमा अन्तिम मन्त्रिपरिषदमा सैद्धान्तिक सहमतिको निर्णय गरिएको ईन्चार्ज भण्डारीले बताए ।उनले भने,‘हामी र अध्यक्ष प्रचण्डले काँही पनि संसदमा टेवुल भएको भनेका छैनौ तर सांसद ज्ञानबहादुर झुट वोलेका छन् ।
पत्रकारहरुले स्थानीय तहका प्रमुख साँढे भन्ने के हो ? भन्ने बिषयमा सिंजा गाउँपालिका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य पूर्ण प्रसाद धितालले साँढे भनेको पशुको हुन्छ, मान्छेको हुदैन । मान्छे फेरी राजनितिक र जनप्रतिनिधि यसमा पनि साढे भन्नु राम्रो नभएको बताए । उनले साँढेको जस्तै विवादास्पद अभिव्यक्ति प्रति सांसाद शाही आफैले दिदै गएको बताए ।
माओवादी केन्द्रले गैरजिम्मेवार अभिव्यक्ति नसच्चाईएको खण्डमा कडा खालको प्रतिवाद गर्ने जनशक्ति जिल्लामा प्राप्त रहेको बताए । विज्ञप्तिमा भनिएको छ, कडा प्रतिवादमा उत्रिने र उपत्पन्न हुने परिस्थितिको जिम्मेवार सांसद शाही हुने छन् ।