पुस्तक लेखक शाहीको ‘बिर्सिएका अतितहरु’कविता संङग्रह बिमोचन


जुम्ला : जुम्ला बिर्सिएका अतितहरु’नामक कविता संङग्रह बिमोचन गरिएको छ । खस साहित्य समाज जुम्ला र साहित्यिक चौतारी नेपालको आयोजना गरिएको बिमोचन कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका राष्ट्यि महासंघका केन्द्रीय उपाध्याक्ष लक्ष्मण बहादुर शाहीले कविता सङग्रह बिमोचन गरेका हनु ।

जुम्ला चन्दननाथ नगरपालिका वडा नं २ निवासी धन बहादुर शाही (डी.बी)को लिखित बिर्सिएका अतितहरु कविता संङग्रह हो ।अध्ययक्ष शाहीको कार्यक्रममा नगर प्रमुख राईले साहित्यिक श्रष्टा र सृजनाको विकासमा आफ्नो तर्फबाट सदैव सहयोग गर्ने बताए । उनले यस पुस्तकले कविता प्रकाशन गरेर साहित्यिक विकासमा योगदान पु¥याउने बताए ।उनले समाजमा अगाडी वढन खोज्ने व्यक्तिको खुट्टा तान्ने प्रवृति रहेको भन्दै रचनात्मक समाज विकासका लागि त्यस्तो प्रवृतिको अन्त्य हुन आवश्यक रहेको छ ।

लेखकको प्रोत्साहनका लागि हिमा गाउँपालिकाले एक सय थान पुस्तक खरिद गर्ने बताए ।त्यस्तै पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंग बोहोराले साहित्य क्षेत्रलाई स्थानीय सरकारले सहयोग गर्ने बताए । उनले समाजका रुपानतरणको लागी साहित्य आबश्यक छ ।

त्यस्तै जुम्ला बहुमुखी क्याम्पस जुम्लामा उपप्रध्यापक प्रकाशचन्द्र खत्रीले यस कविता संङ्ग्रहमा जम्मा ५२ वट कविता रहेको बताए ।उनले कविताहरूले सामाजिक विकृति र विसंगति तर्फको रहेको कताए । उनले साहित्यकार उत्पादनको पनि उर्भवर भुमि रहेकाले सबै सरोकारवाला मिलेर साहित्यकाहरुको प्रर्वद्दन गर्नु पर्नेमा जोड दिए ।

डी.बी शाहीको यो पहिलो कृति पनि हो ।साहित्य लेखनमा लामो समय देखि सक्रिय शाहीले आफ्ना अनुभूति,सामाजको यर्थात,विकृती विसंगती लगायतका विषय कृति स्वरुप ‘विर्सिएका अतितहर’ कविता संङ्ग्रह बजारमा ल्याएका हुन ।त्यस्तै डाक्टर गोविन्द नेपालीले कविताको शब्द चयन, संवेदनशीलता, मार्मिकताको बिषयमा समीक्षा गरेका थिए । उनले आफु जुम्लामा जन्मिएको भएपनी काठमाण्डौँमा बसेर साहित्य सिर्जन गरिरहेको बताए ।उनले जुम्लामा बसेर साहित्य लेख्ने लेखक प्रति आभार ब्यक्त गरे ।
त्यस्तै विभिन्न चुनौतीका बीच साहित्यका विद्या मार्फत जुम्लाको भाषा साहित्य संस्कृति जोगाउन लागि परेको लक्ष्मीचन्द्र न्यौपानेले बताए । उनले पुरानालाई सम्मान,लेखिरहने श्रष्ठाको आत्मबल बढाउन हौसला दिने जस्ता काम गर्न पर्ने बताए ।

त्यस्तै कार्यक्रमका सभाध्यक्ष रामकृष्ण बुढ्थापा ‘परिमल जुम्ली’ले वसाहित्यकार उदाउदै गएको बताए । उनले खस साहित्य जोगाउनका लागी सरोकारवाला लाग्नु पर्ने बताए । डीबी शाहीको कविता संग्रहमा देश प्रेम, प्रकृति प्रेम, विसंगति, राजनीति, गरिबीको पीडा, अव्यवस्था, कविता मार्फत व्यक्त गरेका छन् ।सरल प्रस्तुति रहेको कविता संग्रहका हरफहरु मानवका जीवन र भोगाई, माया प्रेम र आध्यात्म आदिसँग सम्बन्धित छन् ।

सम्बन्धित समाचार