जनतालाई कंगाल बनाउने प्रवृत्ति विरुद्ध हामी निरन्तर लाग्छौँ :पुर्व प्रधानमन्त्री प्रचण्ड
जुम्ला : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नोे नेतृत्वको पाटी जनतालाई कंगाल बनाउने प्रवृत्ति बिरुद्ध निरन्तर रुपमा लाग्ने बताए । उनले भूमाफियाहरुले राज्यको जग्गा व्यक्तिका नाममा लैजाने जन्तालाई सडकमा पुगाउने प्रवृत्ती धेरै पहिलेदेखि हुर्कदै आएको आएको बताएका हुन ।
उनले नेकपा माओवादी केन्द्र जुम्लाले खस भाषा र सभ्यताको केन्द्र सिञ्जा कनकासुन्दरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार बिरोधी अभियान निरन्तर अघि बढाएको बताए । उनले आफूले सरकारबाट सुरु गरेको भ्रष्टाचार बिरोधी अभियान अब पार्टीको तर्फबाट अघि बढाउने दाबी गरे ।
‘सुशासनको पक्ष र भ्रष्टाचारको बिरुद्धमा निकै ठूलो अभियान सुरु गरिएको छ’– उनले भने ‘नेपालको इतिहासमा नै पहिलोपटक सबैभन्दा माथिल्लो तहमा रहेका नेता र कर्मचारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने र हिरासतमा लिने प्रक्रिया सुरु भएको थियो, यो पहिलो रेकर्ड नै बनेको छ । जन्ताले पनी आफु नेतृत्वको सरकारले गरेको राम्रो कामको बारेमा बुझन जरुरी छ । उनले सामाजिक न्यायको पक्षमा देशभित्र र बिदेशमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्नेदेखि हजारौं नागरिकता विहीनतालाई नागरिकता प्रदान गर्ने, वर्षौदेखिको मिटरब्याजको समस्या कानुन बनाएर नै अन्त्य गर्ने लगायतका कामले जनतामा नयाँ काम गरेको बताए ।
उनले पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण करिडोरको अवधारणा अघि सारेको उल्लेख गरे । पूर्वप्रधानमन्त्री प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेको र तेस्रोपटक प्रधानमन्त्री हुँदा भारत सँग दश वर्षमा दश हजार मेगावाट विद्युत बिक्रीलगायतका ऐतिहासिक समझदारीमा हस्ताक्षर गरेको बताए ।
उनले मध्यपहाडी लोकमार्गले पहाडी क्षेत्रलाई नयाँ जीवन दिंदै राष्ट्रिय एकता र आर्थिक समृद्धिका लागि कोशेढुंगा हुने बताए । उत्तरदक्षिण कोरिडोरले कर्णाली लगायतका विकट क्षेत्रलाई सुगम बनाउँने तर्फ आफ्नो ध्यान गरएको बताए । उनले जुम्लाको नाथेलाग्नासम्म बाटो पुर्याउने सहमति पनि भएको छ,। यो कणार्लीको विकासको लागि महत्वपूर्ण काम हो । उनले कर्णालीबासी जनसमुदायलाई थाहै छ, ८ वटा परम्परागत नाकाहरु खोल्ने निर्णय पनि यसैबीचमा भयो ।
आफू चौथोपटक जुम्ला आएको उल्लेख गर्दै उनले खस भाषा र सिञ्जा सभ्यताको केन्द्रमा आएर बोल्दा गौरव महसुस भएको बताए । उनले भने,यो सभ्यतालाई पुनस्थापित गर्नुपर्ने वेला आएको छ । यससम्बन्धी कानुन निर्माणको प्रक्रिया आफ्नो नेतृत्वको मन्त्रिपरिषद्ले अघि बढाएको जानकारी दिंदै यसलाई पूर्णता दिन ै जिम्मेवारपूर्वक लाग्नुपर्ने बताए ।
त्यस्तै उनले ‘भारत र बंगलादेशसँग विद्युत व्यापारको सम्झौता क्रान्तिकारी कदम रहेको बताए । ‘पहिलो पटक चीन भ्रमणका क्रममा पनि विद्युत व्यापारका लागि क्रसबोर्डर ट्रान्समिटर निर्माण गर्ने सहमति भएको थियो । थुप्रै नाकाहरु खोल्ने सहमति भएको थियो । कार्यक्रममा कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ निर्वाचित वडा अध्यक्ष धनबहादुर कामीसहित झण्डै पाँच सय व्यक्ति विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।