यही कात्तिक५ गते पुर्व प्रधान मन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कनकासुन्दरी आउने भएका छन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ऐतिहासिक सिंजा क्षेत्रको कनकासुन्दरीमा आउने भएका हुन । नेकपा माओवादी केन्द्र जुम्लाका अनुसार खस भाषा र सभ्यताको केन्द्र सिंजाको कनकासुन्दरीमा अवलोकन तथा जनसभालाई सम्वोधन गर्न कार्तिक ५ गते सिञ्जाको कनकासुन्दरीमा आउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र जुम्लाका अध्यक्ष नवराज न्यौपानेले बताए । उनका अनुसार कनकासुन्दरीको गोरुचौरमा कात्तिक ५ गते विशाल जनसभा हुने भएको छ ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डको आगमन हुने भएपछि अहिले नेकपा माओवादी केन्द्र जुम्लाले कार्यक्रमको तिब्र तयारी भईरहेको छ । जिल्ला ईन्चाज नरेश भण्डारीले पार्टी अध्यक्ष नेपालगञ्जबाट रारा हुदै सिँजा क्षेत्रको कनकासुन्दरीमा आउने कार्यक्रम रहेको बताए ।उनले तयारीका लागि शनिवार विस्तारित वैठक समेत वसेर कार्य वाडफाड गरिएको छ ।
उनले अध्यक्ष प्रचण्डले पछिल्लो समयमा भईरहेको समसामयिक राजनितिक विषयमा सम्वोधन गर्ने र सिञ्जाको अवलोकन तथा जनताको सुझाव लिएर फर्किने कार्यक्रम रहेको छ । पछिल्लो समयमा माओवादी सरकार भनदा बाहिर रहेपछि जनताको गुनासो सुन्न घर दौले अभियानलाई तिव्रता दिदै आएको छ ।