जुम्ला : नेकपा माओवादी केन्द्र जुम्लाबाट प्रतिनिधिसभा सदस्य सांसद छिरिङ ल्यामो लामा तामाङले जुम्ला पातारासीको शंकर झरनाको लागी ५० लाख बजेट बिनियोज भएको बताईन । उनले पातारासी गाउँपालिका–२ पेरे गाउँमा अवस्थित शंकर झरना पर्यटकीय गन्तव्य बनाउनका लागी संघ सरकारले आफ्नो पहलमा ५० लाख बजेट बिनियोजन गरेको बताईन । उनका अनुसार शंकर झरना प्रचार–प्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको छ । शंकर झरना पर्यटकीय रूपमा प्रचुर सम्भावना बोकेकाले पर्यटकीय गन्तव्य बन्नाउनका लागी बजेटको ब्यवस्था गरिएको हो ।
सांसद लामा तामाङले शंकर झरनाको स्थालगत अवलोकन गर्दैै त्यहाँ सम्म सहज रुपमा पुग्न सडकको लागि पहल गनुर्् पर्ने बताईन । उनले यसको लागी थप सरकार संग थप पहल गर्ने बताइन । उनले शंकर झरनाको लागी यस पटक बिनियोजन भएको ५० लाख बजेको सदुयोग गर्न अनुरोध गरिन । उनले यो बजेटले के बनाउन सकिन्छ कामको सूरुवात गरी कार्यान्वयन तर्फ लैजान अनुरोध गरिन ।
झरना आफैंमा सौन्दर्यताले भरिपूर्ण छ।झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सबै लाग्नु पर्ने वेला आएको छ । यो पातारासीको मात्रै नभइन ग्रामीणस्तरमा लुकेर रहेको झर्न जुम्लाकै ऐतिहासिक तथा पर्यटकीय गन्तव्य हुने बताइन ।त्यस्र्तै पेरेका स्थानीय गौरी शंकर बुढाका अनुसार धेरै जसो झरनाहरु हिउँद लागेपछि सुक्छन्। यो झरनामा १२ महिना नै पानी झर्ने हुँदा एकै नाशको देखिने बताए । उनका अनुसार अहिले त्यस क्षेत्रमा आन्तरिक पर्यटक पुग्ने क्रम बढेको रहेको छ । उनले यसलाई संरक्षण गर्दै प्रचार–प्रसार गर्नका लागी सांसद लामा तामाङले ५० लाख बजेट हालेकोमा खुसि ब्यक्त गरे । यसको विकासमा राज्यले ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।
त्यस्तै पातारासी–२ का वडा अध्यक्ष बलबहादुर बोहोराका अनुसार ’ यो झरनालाई आर्कषक पर्यटकिय गन्तव्य बनाउनका लागि काम लागी परेको बताए । उनले शंकर झरनाको बिकासको लागी सहयोग गर्ने सांसद लामा तामाङ प्रति आभार ब्यक्त गरे । उनले पातारासीको उतरी भेगमा रहेको यो झरना पातारासी गाउँपालिकाको लासि बजार ,लाम्री,लुम,तल्फि पेरे,धोपाघाट हुदै जान सकिने बताए । उनका अनुसार झरनालाई प्रचार प्रसार गरी पर्यटकहरू भित्र्याउने हो,भने यहाँको स्थानीय उत्पादनमा समेत प्रवद्र्धन गर्ने टेवा पुग्ने छ ।
त्यस्तै स्थानीय जनक महताराले घना जंगलको बीचमा रहेको यो झरनालाई पर्याटक संग जोड्नका लागी सडक ,होम स्टे लगायतका आवश्यक आधारभुत कुराहरुमा ध्यान दिनु पर्ने बताए । उनले जुम्लाको सबैभन्दा अग्लो मनमोहक शंकर झरना अहिले सम्म पनी ओझेलमा परेको छ । उनका अनुसार प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो ।