जनताको गुनासो सुन्र्दै सांसद लामा तामाङ(फोटोफिचर)


जुम्ला :नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य सांसद छिरिङ ल्यामो लामा तामाङले जुम्लाको जन्ताको गुनासो सुन्न गाउँगाउँ पुगेकी छन ।शुक्रबार पातारासी गाउँपालिका २ पेरे र तल्फिका जनता बिचका गाउँको समस्या बारे वृहत रुपमा छलफल गरेका हुन ।


गाउँमा पुगेर स्थानियहरुको गुनासो र उनहरुको मागलाई सम्बोधन गर्न गाउँ प्रवेश गरेको सांसद लामा तामाङले बताईन ।उनले हामीले गरेका कामहरु गाउँका जनताले थाहा पाउनु पर्छ भनेर गाउमा पुगेको बताईन उनले भनिन,‘मैले मेरो क्षामताले सकेजती जनताको समस्यालाई समाधान गर्ने बताइन ।उनले मेरो कार्यकालमै जनताको मागलाई प्रथामिकथा राखेर सम्बोधन गर्ने छु ।

जनताको प्रश्न सुन्न गाउँगाउँमा पुग्न जनप्रतिनिधिको दायित्व रहेको बताईन ।उनले स्थानीय जनताको समस्या बुझ्दै,स्थानीयमा रहेका सडक, विद्युत्, खानेपानी लगायतका समस्या समाधानमा भूमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरिन ।

सांसद लामा तामाङलाई त्यहाका स्थानीयले देडागित र फुलमालाले स्वागत गर्दै,स्थानिहरुले गाउँका विभिन्न समस्याहरु राखेका थिए । पातारासी गाउँपालिका २ की स्थानीय जौउकला ऐडीले गाउँमा आयर गुनासो सुनेकोमा खुसि ब्यक्ति गरिन ।उनले हाम्रो समस्यालाई समाधान गर्ने र गाउँमा विकासको लागि राखिएको मागलाई छिटो भन्दा छिटो सम्बोधन गर्न लागी पर्ने बताईन ।उनले सांसद सँग निर्धक्क आफ्ना समस्या सुनाउन पाउँदा स्थानीय लागेको बताईन । जन्ताको लागी गएका सांसदसँग भोगेको समस्या सुनाउन पाउँदा निकै खुशी लागेको छ, यस्ता कार्यक्रम अन्य सांसदले पनि ल्याउन आवश्यक छ ।

त्यस्तै स्थानीय जनक महताराले नागरिक संग बसेर गाउँको समस्या बारे वृहत रुपमा छलफल गर्नु राम्रो कुरा रहेको बताए ।आफनो निर्वाचन क्षेत्र अन्तरगतका गाउँमा पुगेर स्थानियहरुको गुनासो र उनहरुको मागलाई सम्बोधन गर्न गाउँ प्रवेश गरेकोमा आभार ब्यक्त गरे ।उनले पातारासीको सडक र पर्यटकका लागी होम स्टिेको रुपमा बिकास गर्न अनुरोध गरे ।उनले पातारासीमा देव स्थाल, शंखर झर्न र जल ब्यवस्थापन जस्ता कार्यक्रम ल्याउन अनुरोध गरे ।मुगाली समुदायबाट उनी पहिलो सांसद  हुन् ।

सम्बन्धित समाचार