प्रहरीको सक्रियतामा एकनाले भरुवा बन्दुक बरामद


जुम्ला:जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रहरीको सक्रियतामा एकनाले भरुवा बन्दुक बरामद भएको छ ।गुठिचौर गाउँपालिका वडा नं.४ बिगारे गाउँ स्थित सिमखोली डाँडा तिलाकोट भीरको आडोरमा लुकाइ रोखेको अवस्थामा एकनाले भरुवा बन्दुक जुम्ला प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा आडोरमा बेवारिस्से अबस्थामा फालिएको अधैब बरुवा बन्दुक प्रहरी बरामद गरेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले बताए ।उनका अनुसार ओडारमा लुकाई छिपाई राखेको छ, भन्ने गोप्ये सूचनाका आधारमा प्रहरी टोली परिचालन गरेर निलोमा रोतो खैरो बुट्टा भएको पछ्यौरीले बेटारेर रोखेको अबस्थामा बरामद हो ।उक्त हतियारलाई रितपूर्वक बरामद गरी थप अनुसन्धान भईरहेको छ ।
प्रहरी नायब उपरिक्षक कामतीले आफु जुम्ला प्रहरी कार्यालयमा आएको सात महिनाको अवधीमा एस एल आर २ थान,कटुवा पेस्तोल २ थान,एसएलआरको म्याग्जिन २ थान, एसएलआरको गोली २५ राउण्ड ,चाईनिज सेट ३ थान,आर्मीको कम्ब्याट ड्रेस ५ जोर बरामद गरिएको छ ।

सम्बन्धित समाचार