मलेसियाको एक कम्पनीमा भीषण आगलागी, नेपालीसहित विभिन्न देशका नागरिक परेको आशंका

क्वालालम्पुर : मलेसियाको जोहर राज्यको गेलाङ्ग पत्ता भन्ने ठाउँमा भीषण आगलागी भएको छ । ठूलो संख्यामा विदेशी कामदार रहेको सिल पेनटासेम (एम) एसडीएन बीएचडी कम्पनीमा आगलागी भएको हो ।

कम्पनीमा नेपालसहित बंगलादेशलगायतका देशका नागरिक रेहको बताइएको छ । आगलागीमा परी धेरै जना जलेको अनुमान गरिएको छ । तर यकिन विवरण भने सार्वजनिक भएको छैन ।

आगलागी भएको ठाउँबाट केही व्यक्तिहरु जलेर बाहिर निस्केको भिडियोहरु सार्वजनिक भएका छन् । आगलागी नियन्त्रणमा लिने प्रयसा भइरहे पनि हालसम्म आगो कम नभएको बताइएको छ ।

प्रहरीसहित आगो नियन्त्रकहरुले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीमा धेरै मानिसहरु जलेको आशंका गरिएको छ । त्यसमा नेपाली परे या परेनन् भन्नेबारे विस्तृत विवरण आएको छैन ।

 

सम्बन्धित समाचार