जुम्ला प्रहरीको नागरिक सुनुवाई कार्यक्रम:गुनासो संकलन गरी शान्ति सुरक्षा मजबुत बनाउने

जुम्ला: जिल्ला प्रहरी कार्याल जुम्लाले नागगरिक सुनुवाई तथा बिजय दशै तथा छट पर्वको शुभकामना कार्यक्रम गरेको छ । जुम्लाको शान्ति सुरक्षा र प्रहरी कार्यालयले गरेको कार्य प्रगतिको बारेमा नगारिक सुनुवाई गरेको हो । प्रहरीले गरेका कामकाज, प्रगति तथा अन्य विबिध विषयहरु र नागरिकको गुनासो संकलन गर्न गरी आगामी दिनमा दिइने सेवाहरु प्रभाकारी बनाउने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
जुम्ला प्रहरीले चाड पर्वलाई मध्यनजर गरी शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षाकार्याओजना बनाएको प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले बताए । प्रहरीले लागु गरेका गरी प्रगति विवरण नागरिक समक्ष प्रस्तुत गरेको छ । उनका अनुसार जसमा गस्ती कार्यक्रमदेखि मुद्दाको विवरण सम्म प्रहरीले जानकारी नागरिकलाई दिएको छ ।


त्यस्तै प्रहरीले नागरिकलाई प्रभावकारी सेवा सहज रुपमा प्रदान गर्न सबै प्रहरी चौकीहरुमा नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको डिएसपी छेदीलाल कामतीले बताए ।उनले जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा अमनचयन कायम हुनुका साथै नागरिकमैत्री प्रहरी सेवाको सुनिश्चितता भएको कार्यक्रमहरु गर्दै आएको बताए । कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन प्रहरी नायब उपरिक्षक कामतीले समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका पुलको रुपमा रहेको हुनु पर्ने बताए ।

त्यस्तै नगरिक सुनुवाई कार्यक्रमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिए । उनले अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने कार्यमा हातेमालो गर्न अनुरोध समेत गरे ।सहभागीहरुले लागू औषध दुब्र्यसनीका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम हरेक स्थानिय निकायहरू पनी सक्रिय हुनु पर्ने बताए ।

सम्बन्धित समाचार