जुम्ला ःमुगुको खत्याड गाउँपालिकाले दश नगर (गाउँ) प्रहरी राखेको छ । ख्र्रत्याड गाउँपालिकाका नगर (गाउँ) प्रहरीलाई शस्त्र प्रहरी बल नं ३३ त्रिपुरा गण जुम्लाले उनीहरूको नगर प्रहरी आधारभूत तालिम सम्पन्न गरेर अन्तिम दीक्षान्त समारोह कार्याक्रम गरेको हो ।त्रिपुणागण जुम्लाले अन्तिम दीक्षान्त समारोह गर्दै नगर प्रहरीलाई पासआउट गरेको सशस्त्र प्रहरी उपरीक्षक लालबहादुर शाहीले बताए । उनका अनुसार खत्याडका अध्यक्ष अज बहादुर शाही उपाध्यक्ष सरिता रोकाया जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले देवीदत्त गणका गणपती धिरज थापा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन ।
त्यस्तै खत्याड गाउँपालिकाका प्रमुख प्रसासकिय वासुलेव कार्कीबाट नगर (गाउँ) प्रहरीलाई शपथ ग्रहण गरिएको छ । तालिम सहित अन्तिम दीक्षान्तमा नगर प्रहरीमा सफल हुनेमा नगर (गाउँंंं) ंप्रहरी हवल्दार गजत बहादुर डांगर ,जवानहरू दान बहादुर शाही,कविता भण्डारी , टिका प्रसाद जैसी ,धनेन्द्र बिमल शाही , एकराज थापा,नगर बहादुर डांगार बिर सिंह थापा र झुपुल्ली वानिया रहेका छन् । एक महिने आधारभूत तालिमबाट ८ जना पुरुष र २ जना महिला रहेका छन ।
नगर प्रहरी दीक्षान्त समारोहमा बोल्दै खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले खत्याडको विकास र समृद्धिमा मुख्य भूमिका रहने बताए । उनका अनुसार पालिकाको शान्ति सुरक्षा सामाजिक कुरिती बिरुद्ध अभियानमा लाग्ने बताए । उनले भने, सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउने, फोहोरमैला व्यवस्थापन,राजूव सङ्कलनमा जोड दिने, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने, बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले स्थानीय तह अधिकार प्रयोग गर्दै नगर (गाउँ)प्रहरी राखेर पालिकाको समृद्धिका लागि हुने भन्दै धन्यवाद ज्ञापन गरे । उनले एक महिने तालिममा सिकेको कुराहरु, र नियम कानुनको पालना गर्न अनुरोध गरे । उनका अनुसार खत्याड गाउँपालिकाको जनशक्ति उत्पादन गरेको हो ।अब सलाई व्यवहारमा कसरी ब्यवस्थापन गर्न भन्ने विषय महत्त्वपूर्ण भएको बताए ।
त्यस्तै नगरमा अपराध रोक्न र शान्ति कायम गर्न,जनता र प्रहरीबीचको सम्बन्ध विकासः स्थानीय समुदायसँग सहकार्य गर्दै सुरक्षाका मुद्दामा जनतालाई सचेत बनाउने, कानुनी मुद्दामा नागरिकलाई मार्गदर्शन दिने, आपतकालमा तत्पर रहने र सहायता प्रदान गर्ने,पार्क, बजार, र अन्य सार्वजनिक स्थानहरूमा सुरक्षा सुनिश्चित गर्ने, यसका अलावा, नगर प्रहरीले विभिन्न सामाजिक कार्यक्रमहरूमा पनि भाग लिने नगर (गाउँ) प्रहरीको मुख्य काम हो ।