हिमाको ओदीगाउँमा दुई लाख राशीको भलिवल प्रतियोगिता हुने

जुम्ला: जुम्लाको हिमा गाउँपालिकाको ओदी गाउँमम दुई लाख राशीको भलिवल प्रतियोगिता हुने भएको छ । स्थानीय लामा बिष्णु क्लवको आयोजना र हिमा गाउँपालिकाको सहयोग तथा वडा नम्बर २ को सहजीकरणमा ओदी गाउँमा उक्त भलिवल प्रतियोगिता हुने भएको हो ।

त्यस्तै लामा बिष्णु यूवा क्लवका अध्यक्ष धिरेन्द्र रोकायाले नेपालीहरुको महान चाडको रुपमा रहको वडा दशैंको अवसरमा आयोजना गरिएको भलिवल प्रतियोगितामा प्रथम पुरस्कारका लागि दुई दाख र दृतिय पुस्कारका लागि एक लाख रकम राशी कायम गरिएको छ ।उनले भने,‘खेल २०८१ असोज २९ गते बाट हुने भएको छ । उनका अनुसार जसका लागि टिम दर्ता २०८१ असोज २३ देखी २९ गते सम्म रहेको छ ।

टिम दर्ताका लागि आयोजकले पाँच हजार रकम कायम गरेको छ । खेल अवधिमा प्रत्यक खेलमा राम्रो खेल प्रदर्शन गर्ने खेलाडिलाई ५०० समेत उपलब्ध गराईने भएको छ । प्रतियोगिताको सो अवधिमा ओदी गाउँमा देउडा प्रतियोगिता समेत हुने भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार चर्चित देउडा खेलाडी विपना सिंहको प्रस्तुति रहने छ ।

सम्बन्धित समाचार