जुम्ला कारागारका ९५ जना कैदी र थुनुवालाई क्षयरोग तथा एच आइ भी परीक्षण

जुम्ला : जुम्ला कारागारका कैदीबन्दी तथा थुनुवालाई एचआइभी र क्षयरोगको परीक्षण गरिएको छ ।जुम्ला कारागारका प्रशासक प्रमुख गया प्रसाद पाण्डेका अनुसार सात जना महिला एक सानो बच्चा र अरु सबै पुरुष गरी १ सय २३ जना रहेका छन ।


जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजना र जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको समन्वयमा कैदी तथा थुनुवालाई एचआइभी र क्षयरोग नमूना जाँच गरिएको हो । जिल्ला प्रहरी कार्यालले आउदै गरेको ६९ औँ प्रहरी दिवस २०८१को अवसरमा निःशुल्क रुपमा क्षयरोग परीक्षण गरिएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले बताए । उनका अनुसार सबै कैदीबन्दीलाई एकैपटक अस्पताल पुर्याउन नसकिने भएकोले कागारभित्रै स्वास्थ्य जॉच गरिएको हो । पछिल्लो समयम कैदीबन्दीहरुको स्वास्थ्य स्वास्थ्य अबस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले यस्ता कार्यहरु नियमित बनाउदै आएको छ ।


जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले कारागारमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य अवस्था जानकारी लिन, स्वास्थ्य सेवाको पहुँच बढाउन र कैदीबन्दीहरु बसेकै स्थानबाट स्वास्थ्य सेवा प्रदान गर्न आबश्यक रहको बताए । उनका अनुसार स्वास्थ्य परीक्षणले कैदीबन्दीहरुको रोग अनुसारको औषधि प्रयोग गर्न पनि सहज हुने छ। कुनै जटिल प्रकारका रोगहरू समयमा नै पत्ता लगाइ अस्पताल र उपयुक्त विशिष्टिकृत अस्पतालमा पठाउन स्वास्थ्य शिविरले महत्वपुर्ण काम गर्ने उनको भनाइ छ। प्रजिअ शाहीले कैदी तथा थुनुवालाई कागार बस्ने जतिको लागी एउटा परिवारको रुपमा लिदै आगामी जिवन सुधार मुलक बनाउन अनुरोध गरे ।

त्यस्तै कैदीबन्दीहरूको सामूहिक बसाइ, खानपान तथा जीवनशैलीलाई परिमार्जन गर्दे व्यक्तिगत सरसफाइ, खानपिन, जीवनशैलीमा सुधार ल्याउने समेतका बिषय प्रहरीले सक्रियता देखाएको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले बताए। कारागारभित्र कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य जॉचको व्यवस्था मिलाउन राम्रो पक्ष भएको बताए।

जनस्वास्थ्य कार्यालयका जुम्ला जनस्वास्थ्य निरीक्षक प्रेम सुमाइले कारागारका ९६ जनाको कैदीबन्दी तथा थुनुवालाई एचआइभी र क्षयरोगको परीक्षण गरिएको छ ।उनका अनुसार ५ जना महिला र ९० जना पुरुषलाई जाँच गरिएको छ । उनले भने ,‘जाँच गरिएका हरुको रिपोर्ट भोलि मात्रै आउने छ ।

 

 

सम्बन्धित समाचार