जुम्लामा घोडादौड प्रतियोगिता :१६ वर्षका तपेन्द्र रावलको घोडा प्रथम

जुम्ला: जुम्लाको सदरमुकाम राजसिममा घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । चन्दननाथ नगरपालिकाको आयोजनामा परम्परागत रुपमा घोडा दौड प्रतियोगिता गर्दै आएको हो ।

घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका २ निवासी १६ वर्षका तपेन्द्र रावलको घोडा प्रथम भएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर १० लोकप्रसाद न्यौपानेको घोडा दृतीय र पातारासी ७ का सर्जन बुढाको घोडा तृतीय भएको छ । आयोजक चन्दननाथ नगरपालिका जुम्लाको आयोजना, पशु अस्पताल तथा पशुसेवा कार्यालयको सहआयोजना , साँस्कृती संरक्षण र घोडाचढी संघ जुम्लाको समन्वयमा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

त्यस्तै घोडा पालक तर्फ प्रथम कालिबहादुर बुढ्थापा ,दृतीय रामकुमार थापा तृतीय कृष्ण बहादुर भण्डारीको घोडा भएको छ ।घोडा चाल विधा तर्फ प्रथम हर्कबहादुर शाही, दृतीय भानु ऐडि र तृतीय प्रेमबहादुर ऐडिको घोडाले स्थान हाशिल गरेको छ ।

प्रतियोगितामा १२ वटा घोडाको प्रतिष्पर्धा भएको थियो । पहिलो चार राउण्डबाट छनौट परेका घोडाहरुको प्रतिष्पर्धा गरि प्रथम दृतिय, तृतीय र सान्तोना गरिएको थियो ।परम्परागत रुपमा मर्नाइदै आएको घोडा दौड चन्दननाथमा यस अगाडि कर्णाली स्पोर्ट क्लवले गर्दै आएको थियो । यस पटक भने नगरपालिकाले आयोजना गरेको छ । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार प्रदान गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले घोडादौड प्रतियोगिताको घोडा चढेर उद्धघाटन गरेका थिए । उनका अनुसार जुम्ला विमानस्थलमा पहिला घोडा दौड हुदै आएको थियो । अहिले अव स्थानीय सरकारले यसलाई प्रर्वधन गर्न आवश्यक रहेको छ ।

चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले हाम्रो सस्कृति सँग जोडिएको घोडा दौड प्रतियोगिता अव निरन्तर गरिने बताए । त्यस्तै नगरउपप्रमुख रामदेवी खड्काले आगामी बर्षमा चन्दननाथमा घोडादौड प्रतियोगितामा थप व्यवस्थित गरिने बताइन । घोडा किसानका अनुसार घोडा दौड प्रतियोगिता जस्तो महत्वपुण कार्यक्रमको पुरस्कार कमी भएको बताएका छन । उनीहरुका अनुसार जोखिम खालको प्रतियोगितामा घोडालाई सोही कार्यक्रममा दाना खुवाउने जतीको पनी ब्यवस्था नहुनु दखत पक्ष हो ।

सम्बन्धित समाचार