जुम्ला : सडक दुर्घटना न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । चार्ड पर्वलाई मध्यजनर गर्दै नजिकिदै गरेको दशंैमा सडक दुर्घटना न्यूनीकरण र चोरी डकैती रोकनका लागी सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । जुम्ला प्रहरीले पर्चा, पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्ने लगायत कार्य प्रहरीले अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नयव उपरिक्षक छेदीलाल कामतीले बताए । उनका अनुसार चार्ड पर्वको बाहनामा मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सडक लेन अनुशासन पालना गराउन, हेल्मेटको प्रयोग गरी मोटरसाइकलतोकिएको सीमित गतिमा चलाउनका लागि चालक लगायत आम नागरिकलाई सचेतना दिइएको हो ।
प्रहरी नायव कामतीका अनुसार तीव्रगतिले जनधनको क्षति हुने भएकाले यसबारे चालकलाई सचेत पार्नका लागि प्रहरीलाई भीडभाड हुने क्षेत्र र सम्भावित दुर्घटना हुने क्षेत्रमा परिचालन समेत गरिने भएको छ ।
त्यस्तै जुम्ला प्रहरीले आफनो घर, पसल तथा धनमाल चोरीहुनबाट जोगाउन सावधानी अपनाउनु पर्ने बताएको छ ।
आफ्नो घरको सुरक्षाको लागि सिसि क्यामेरा, आपत्कालिन साईस्ज, रातको समयमा घर वरपर प्रयाप्त उज्यालोको व्यवस्था मिलाउने तथा सम्भव भएसम्म कुकुर पाल्ने ,घर बाहिर जाँदा वा राती सुत्दा मेन गेट तथा झ्याल ढोका रामरी बन्द गर्ने, घरमा धेरै नगद तथा गरगहना नराख्ने ,लामो समयसम्मको लागि यस्वाट बाहिर जानुपर्दा विश्वासिलो व्यक्ति अथवा प्रहरीलाई जानकारी गराउने,घरमा काम गर्ने वा भाडामा वस्ने व्यक्तिहरूको फोटो र स्थायी, अस्थायी ठेगाना सम्पर्क नम्बर आफुले राख्ने,घरमा कोही अपरिचित व्यक्ति आएमा एकिन नगरी घर भित्र प्रवेश नगराउने ,भिडभाड तथा मेला पर्वमा जाँदा वहुमुल्य गरगहना नलगाउने,बहुमुल्य गहना तथा ठुलो रकम लिएर एक्लै नहिड्ने, स–परिवार भ्रमणमा निस्किएको अनि सामाजिक संजालमा पोष्ट नगर्ने,टोल छिमेकमा नौलो तथा असामान्य मानिसहरू देखापरेमा विशेष निगरानी राख्ने, सस्तोमा पाईयो भन्ने लोभमा विल नभएको गरगहना, मोवायल फोन, ल्यापटप लगायतका बहुमुल्य सामग्रीहरु खरिद नगर्ने, लगायतका कुरामा प्रहरीले नागरिकलाई सचेत गराएको हो ।
प्रहरीले एक औपचारीक कार्यक्रममा आयोजना गरी आपनो घर तथा पसलमा चोरीका घटना भएको अवस्थामा तत्काल प्रहरीलाई खबर गर्ने र प्रहरी नआईपुगुन्जेल सम्म घटनास्थललाई सुरक्षित राख्ने , पराधीहरूलाई कहिले पनि अपराध गर्ने मौका नदिनुहोस् र त्यस्ता शंकास्पद व्यक्ति देखेमा जतिसक्दो चाँडो ट्राफिक प्रहरी ९८५८३२०२१३,जि.प्र.का. जुम्ला ९८५८३९०११३ , नम्वरहरुमा फोन गरी प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहामदुर शाहीले सवारीसाधनको क्षमताभन्दा बढी यात्रु नचढाउने, सवारीसाधन चलाउँदा सिट बेल्ट अनिर्वायरूपमा चालकले बाँध्ने, सवारीसाधनमा यात्रुलाई झुन्ड्याएर नचढाउने लगायत कार्य रोक्नका लागि प्रहरीले कार्य अगाडि बढाएको बताए । उनले ट्राफिक नियमको उल्लङ्घन गर्दै अटेरी गरेर सवारीसाधन चलाउनेलाई नियमानुसार कारबाही गरी जरिवाना तिराउने कार्यलाई समेत तदारुकताका साथ अगाडि बढाइने बताए । उनका अनुसार आम नागरिकको शन्ति सुरक्षालाई मध्यनजर गर्दै सडकमै ट्राफिक सचेतना कार्यक्र गरिएको हो ।