जुम्ला:जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले अपराध न्यूनीकरणमा समुदायको भूमिका महत्वपुर्ण हुने बताए ।भर्खरै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समालेका प्रजिअ शाहीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन।
जुम्लाको शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण तथा दोषिलाई कानुनी कार्वाहीको दायरामा ल्याउन नागरिकको सहयोग बिना सम्भव नहुने बताए ।उनले आफ्नो कार्यकालमा शुसान कायम गरी जवाफदेहिताका साथ पारदर्शी ढंगले काम काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकारले उठाएका सवाल र सुझावलाई संबोधन गर्दै गाउँबस्ती सम्म पुगेर लागु औषध जस्ता अपराधिक गतिबिधि नियन्त्रण गर्नका लागी सचेतनाका कार्यक्रम गर्ने बताए ।आउँदै गरेको दशैैंलाई मध्यनजर गर्दै नागकिकको शान्ति शुरक्षालाई मजबुद्ध बनाउन कुनै पनि कसुर बाँकी नराख्ने बताए । प्रजिअ शाहीले चार्डपर्वलाई लक्षित गरी सुरक्षा योजना बनाएको बताए ।त्यस्तै जुम्लाका पत्रकारहरुले जुम्लामा बढ्दोक्रममा रहेको लागु औषध ,बालश्रम,महिला तथा बालवालिका सवाल,कालो बजारी,नक्कली प्रहरी लगायतका बिषयमा प्रश्न राखेका थिए ।