जुम्ला ःकर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा लिंगा फेरिएको छ । मन्दिरमा लिंगा नयाँ ठड्याएर घटस्थापना तथा दशै सुरु भएको मनिन्छ । मन्दिरमा लिंगोहरु खडा गरे सँगै जुम्लीहरुले घरघरमा जमरा रोखेर घटस्थापना मनाउने गर्दछन ।
परम्परा अनुसार नै मन्दिरमा लिंगोहरु ठड्याइसकेपछि मात्रै जुम्लीहरुले आ–आफ्नो घरमा घटस्थापना गरेका छन् । चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वाजा (कपडा) राखिन्छ । यहाको मन्दिरमा परापूर्वकालदेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित ५ पुराना लिंगोहरु झिकेर नयाँ लिंगो खडा गर्ने गरेको संस्कृतिकविदहरुले बताउदै आएका छन ।
त्यस्तै चन्दननाथ भैरबनाथ मन्दिरका नयाँ लिंगा फेरिए संगै जुम्लामा विधिवत रुपमा दसैं शुरु भएको मनिने भक्तजनहरुको भनाईछ । पछिल्लो समयमा भक्तजनहरुको सहभागीता घटेपनि यहाका सरोकारवाला र युवाहरुको पहलमा लिंगा ल्याउने काम भएको चन्दननाथ भैरबनाथ गुठी ब्यवस्थापन समितिका अध्यक्ष अम्मर बहादुर थापाले बताए। उनका अनुसार घटस्थापनाकै दिन उत्पादन वृद्धि होस, भोकमरी नहोस भन्ने कामना सहित चन्दननाथ भैरबनाथ मन्दिरमा मार्सीधानको सिक चडाउने समत परम्परा रहेको छ ।
पहिलेको पालामा चन्दननाथ भैरवनाथ मन्दिरमा ५२ हाते लिंगोका लागि ५२ हाते ध्वाजा मुगु जिल्लाबाट आउने, लिंगोमा लगाउने गेरु र लिंगोको टुप्पोमा लगाउने चौरीको फुर्का र थप्का हुम्ला जिल्लाबाट आउने र लिंगो खडा गर्नका लागि कालिकोटबाट लडा (डोरी) आउने चलन रहेपनि पछिल्लो समय विस्तारै हराउँदै गएको स्थानीयको भनाईछ ।
अहिले सबै व्यवस्था गुठिले नै गर्ने गरेको छ लिंगो ल्याउँदा देखि मन्दिरमा खडा गर्दासम्म सेना र प्रहरीको सहयोग लिनुपर्ने बाध्यता रहेको छ । जुम्ला प्रख्यात चन्दननाथ र भैरवनाथको मन्दिरमा नयाँ लिंगा खडा गरिएको छ।
प्रतेक वर्ष घटस्थापनाका दिन नयाँ लिंगा फेर्ने चलन रहेको छ ।असोज १४ गते चन्दननाथ–३ ढाँड थपालाको जंगलबाट नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र, प्रहरी तथा सयौं भक्तजनको संयुक्त बलमा लिंगा ल्याइएको थियो । पुरना लिंगा प्रतिस्थापन गरेर नयाँ लिंगा खडा गरिएको चन्दननाथ, भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ।
त्यस्तै बडिमालिका जानेदेखि घटस्थापनामा मन्दिरका लिंगा फेर्ने प्रशासनले पुजाआजा गर्ने संस्कृतिको रहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले बताए ।उनका अनुसार यहाँको ’धार्मिक आस्थाको केन्द्र हो । उनका अनुसार परम्परागत धार्मिक चलन अनुसार लिंगा ठड्याई सकेपछिमात्रै जुम्लावासीहरुले आ–आफ्नो घरमा घटस्थापनाको दिन मनाउदै आउने चलन भएकाले यो वर्ष पनि मन्दिरको लिंगा फेरिएको हो ।