चन्दननाथ नगरपालिकाले स्तरीय स्वयंसेवक ब्यूरो गठन

जुम्ला : चन्दननाथ नगरपालिकाले विपतमा खट्ने स्वंसेवक व्यूरो गठन गरेको छ ।नगरपालिका क्षेत्र भूकम्प, पहिरो, आगलागी, चट्याङ्ग, बाढी,पहिरो लगायतका बिपदले बर्षेनी ठूलो जनधनको क्षतिलाई न्युनिकरण गर्नका लागी स्वयमसेवक गठन गरीएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको शहरी पूर्वतयारी, तथा आपतकालिन प्रतिकार्य प्रव्र्रद्धन परियोजनाले नगरको बिपद ब्यवस्थापनमा चाहिने दक्ष जनशक्तिको रुपमा स्वयसेवक गठन गरिएको नेपाल रेडक्रस जुम्लाका जिल्ला परियोजना अधिकृत ईश्वरा सुवेदीले बताइन । उनले भनिन,‘स्थानीय सरकारलाई पर्याप्त जनचेतनाका साथै वित्तीय तथा भौतिक स्रोतको कमी रहेको अवस्थामा पनि विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय स्वयंसेवकहरू भूमिका अपरिहार्य हुने छ । उनका अनुसार नगरपालिकाले विभिन्न विभाग बाडेर ४० जना स्वंयसेवक गठन गरेको छ ।


चन्दननाथ नगरपालिकाले गठन गरेको व्यूरोमा प्रथामिक उपचार, स्वास्थ्य सरसफाई कार्यदल, खोज तथा उद्दार कार्यदल, क्षेति आकलन तथा आवश्यकता पहिचान कार्यदल, पुर्वसूचना प्रणाली कार्यदल, राहात व्यवस्थापन तथा पुनस्र्थापन कार्यदल र लैगिंक समानता तथा संरक्षण कार्यदल गठन गरि वडा नम्बर १ देखी १० का ४० जना यूवा यूवतिहरु स्वयंसेवक रहेका छन् ।

कार्यदललाई क्षमता विकास तालिम दिएर नगरमा कुनै विपत तथा सामाजिक सेवाका लागि खटाईने भएको छ । कार्यदल सञ्चालन गर्नका लागि नगरपालिकाले नगर स्वयंसेवक व्यूरो कार्यविधि तयार भएको र सोही अनुसार काममा खटाईने भएको छ । यसैगरी नगरपालिकाले विपत प्रतिकार्य योजना समेत तयार पारेको छ ।
नगरपालिकाले गठन गरेको स्वयंसेवक व्यूरोको उद्देश्य र कामको विषयमा भने नेपाल रेडक्रस जुम्लाले प्राविधिक विषयमा सहयोग गरेको छ । नगर व्यूरो स्वयंसेवक परिचालनका बिषयमा तयार पारिएको कार्यविधिका बिषयमा प्रस्तुतिकरण तथा व्यूरो स्वंसेवक कार्यदललाई कार्य अधिकारका विषयमा सहजीकरण गरिएको छ । स्वंसेवकले प्राथमिक उपचार, क्षेतिको मूल्यांकन,क्षेतिको सूचना उपलब्ध, विपतमा समस्यामा परेकालाई मनोपरामर्श सेवा समेत दिने भएको छ । स्वंसेवकले आफुले खटिएको क्षेत्रमा प्रतिवद्ध भई सामुहिक कार्यमा लाग्नुपर्ने, स्वस्र्फुत मानवीय सहायताका लागि खटिनुपर्ने छ ।

स्वंसेवकका मार्गदर्शक मानवता, प्रतिवद्धता, स्वामित्व,समावेशिता, ऐक्यवद्धता, निश्पक्षता, तथष्टता रहेका छन् । रेडक्रस जुम्लाले स्वंसेवकलाई झोला र ज्याकेट समेत हस्तान्तरण गरेको छ । स्विस रेडक्रसको सहयोगमा चन्दननाथ नगरपालिकाको आर्थिक साझेदारीमा नेपाल रेडक्रस जुम्लाले सहरी पूर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रर्वधन परियोजना अन्तरगत चन्दननाथ नगरपालिकामा काम शुरु गरेकोबताइएको छ ।
त्यस्तै चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख रामदेवी खड्काले नगरपालिकामा आपतकालिन हुने कुनैपनि समस्याको स्वंसेवामा मानवीय सहयोग पुग्ने बताइन । उनले रेडक्रस र स्थानीय सरकार मिलेर यो कामलाई प्रथामिकता आबश्यक छ ।

नेपाल रेडक्रस सोसाईटी जुम्लाका प्रमुख सभापति लोकदर्शन श्रेष्ठले विपत तथा उद्दारमा सवैभन्दा महत्वपूर्ण समयको ख्याल गर्न आवश्यक रहेको बताए । उनले जुम्लामा बिपद आएको खण्डमा स्थानीय स्रोत साधनहरुको ब्यवस्थापना बिपदमा परेका हरुको उद्धार गर्न लगाउनु पर्ने जस्ता कार्यक्रम आबश्यक छ । नगरपालिकामा गठन भएको स्वयंसेवक व्यूरो जुम्लामा पहिलो भएकाले यसलाई सक्षम बनाउन रेडक्रसको सहकार्य निरन्तर हुने बताए ।

 

सम्बन्धित समाचार