माक्र्सवादी ज्ञान केन्द्र कर्णाली प्रदेसको अध्यक्षमा धिताल पुन चयन


जुम्लाः माक्र्सवादी ज्ञानकेन्द्रको कर्णाली प्रदेश अध्यक्षमा जयशंकर धिताल पुन निर्वाचित हुनु भएको छ ।माक्र्सवादी ज्ञानकेन्द्रको कर्णाली प्रदेश स्तरीय भर्चुअल भेलाले जुम्लाका जयशंकर धिताललाई पुन अध्यक्ष बनाएको हो । भेलाबाट उपाध्यक्षमा शैलजा बम(कालिकोटं), सचिव रविकिरण ओली सल्यान, कोषाध्यक्षमा प्रताप रोकाया (डोल्पा) सहसचिब मदन पंगाली (सुर्खेत )सर्वसम्मत चयन गरिएको छ ।
कर्णाली प्रदेश अध्यक्ष धितालका अनुसार अहिले १० सदस्य प्रदेश कमिटि गठन गरिएको छ भने पछि ३ जना थप गरिने छ । नवनिर्वाचित अध्यक्ष धितालले कम्यूनिष्टहरुमा माक्र्सवादी ज्ञानको खडेरी भईरहेको समयमा यो शिक्षा सवैका लागि आवश्यक रहेको छ । उनले संगठनलाई हिजोको सिकाई सहित थप उचाईमा पुरयाउन सवैको सहयोग आवश्यकता रहेको छ ।

मओबादी केन्द्रका कर्णाली प्रदेस अध्यक्ष बिमला केसीको प्रमुख आथित्यितामा सम्पन्न भएको भेलामा प्रगति प्रतिवेदन कर्णालीका अध्यक्ष जयशंकर धिताल, प्रस्तुत गरि पास गरिएको थियो । उद्घाटन कार्यक्रममा केन्द्रीय अध्यक्ष तिमिल्सेनाले भेलाको सफलताको शुभकामना दिदै आगामी कार्ययोजनाको बिषयमा जानकारी दिएको थिए । उनका अनुसार ज्ञानकेन्द्रले दर्शन, राजनतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, कम्यूनिष्ट आन्दोलनको विश्व र नेपालको ईतिहास, विज्ञान र माक्र्सवाद लगायतका विधामा आधारित कक्षाहरु भौतिक रुपमा तथा अनलाईबाट कक्षा पनि निरन्तर सञ्चालन गर्दै आएको छ ।

 

सम्बन्धित समाचार