जुम्ला । माक्र्सवादी ज्ञान केन्द्र कर्णाली प्रदेसको दोस्रो भेला आयोजना गरिएको छ । ज्ञान केन्द्रका कर्णाली प्रदेस अध्यक्ष जयशंकर धितालको अध्यक्षतामा भर्चुअल माध्यमबाट मंगलबार बिहाना दोस्रो प्रदेश भेला आयोजना गरिएको हो । भेलाले जयशंकर धितालका अध्यक्षतामा नयाँ कमिट चयन गर्ने छ ।
त्यस्तै एकिकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण बिसिले नयाँ चयन हुने कमिटिलाई शुभकमना दिर्दै सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त, यो समाजका समस्याहरूको समाधान गर्नका लागी माक्सवादी ज्ञान केन्द्रको महत्व छ । सामाजिक बिकृत बिरुद्धको यो माक्वादी ज्ञान केन्द्र आबश्यक छ । उनले माक्वादको शिद्धान्त बोकेका ब्यक्तिहरु उत्पीडन वर्गको लागी लड्ने बताए ।
माक्र्सवादी ज्ञान केन्द्रको कर्णाली प्रदेस दोस्रो भेलाका प्रमुख अथिति तथा नेकपा माओबादी केन्द्रको कर्णाली प्रदेशका अध्यक्ष बिमला केसीले माक्वादी ज्ञानकेन्द्रको लागी एक अध्यायको थलो भएको बताइन । उनका अनुसार अध्यायन र बिश्लेषण सबैले गर्ने गरेको भएपनी यसले एउटा खोजअनुशानधानको बाटो बनेको छ । उनले भनिन,कम्युनिस्टले आफुलाई आफैलाई चिनाउने र माक्सवादको सहिबाटोलाई सकरात्कम रुपमा अगाडी बढाउन आजको आबश्यकता हो । माक्र्सवादी ज्ञान केन्द्र पाटीलाई एक स्कुलिङको पाटो तर्फ लैजाने बताइन ।
त्यस्तै माक्र्सवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष मनहरि तिमिल्सेनाले नेपालको सिंगो वामपन्थी आन्दोलनको बारेमा समिक्षा गरेको बताए । उनले भने, हाम्रो संटक भनेको बैकल्पीक आर्थिक ,समाजिक अस्था देखिएको छ । उनले माक्वादले कल्पना गरेको कुरा पहिलो कुरा रुपान्तरण रहेको बताए । उनले केही हामी संग भएको भु राजनितिक समस्या रहेको बताए ।
संसार भरी शक्तिको हस्तारण सहज नभएको बताए । उनका अनुसार राजनितिक धुब्रीकरण ,सामराज्यबादी अन्तर दन्द्ध , र नेपाली समाजबादका बिषयमा हामीले गहिरो अध्यायन गर्न जरुरी छ । उनले भने,माक्सवादबारेमा जान बुझ्रन चाहने हरुका लागी हामीले आफुले अध्यायन गरेको ज्ञान दिनु आबश्यक छ । वामपन्थी हामीलाई माक्र्सवादी आधारभुक्त सच्चाईको बारेमा माक्र्सवादी ज्ञान केन्द्रले प्रशिक्षक तयार पार्नु पर्ने बताए ।
माक्र्सवादी ज्ञान केन्द्रका कर्णाली प्रदेशका अध्यक्ष जय शंकर धितालले दोस्रो भेलामा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरूद्धको लडाइँँ लड्नुपर्ने बताए । गरिब दुखिका लागी माक्वादी ज्ञान केन्द्रले हतियारको रुपमा खडा हुने बताए ।
आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवादको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पु¥याउने काम गर्नु पर्ने बताए । माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पथप्रर्दशक सिद्धान्त स्वीकार नगर्नेहरू सच्चा क्रान्तिकारी कम्युनिस्ट नै बन्न नसक्ने उनको बताए ।