सत्याग्रहको पाँचौं दिनःडा.केसीको स्वास्थ्य अबस्था चिन्ताजनक ।

दिलमाया शाही
चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोबिन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । सत्याग्रहको पाँच दिन अनसन बस्दै आउनु भएको डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुदै गएको कर्णाली स्वमस्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सकहरुले बताएका छन । डा. केसीको शुक्रबार १९ औ सत्याग्रह पाँचौ दिन भयो । उहाँको अवस्था बिग्रदै गएकाले शुचेच्छुक तथा सहयोगीहरुले चिन्ता व्यक्त गर्न गरेका छन ।डा. केसीको मुटुको धडकन बढ्न सुरुभएको छ । पेसर र श्वास प्रश्वासमा समस्या देखी विभिन्न समस्या हुन थालेको प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ६ रानीचौरमा रहेको बाबिरा मष्टा मन्दिरको धर्मशालामा अनसन शुरु बस्नु भएको छ। केसीको जीवन रक्षाका लागि भन्दै राजनैतिकदलहरुले समेत समर्थन गर्ने काम गरेका छन । शुक्रबार बाट नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतको पहलमा अनसन स्थलमा हस्ताक्षर अभियान समेत शुरु गरिएको छ । यस पनि नेपाली कांग्रेस सहितका राजनैतिकदलहरु समेत अनस स्थलमै आएर समर्थन गर्ने काम गरेका थिए । डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि निगरानीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले अनसन स्थलमा चिकित्सकको टोली पठाएको छ ।

प्रतिष्ठानले विशेषज्ञ डा. प्रविण गिरी, डा. अनुपमंगल समाल सहित स्वास्थ्यकर्मीहरुको टोली पठाएको छ । स्वास्थ्यकर्मीहरुले डा. केसीेको स्वास्थ्य अवस्थाको वारेमा निगरानी गरिरहेका छन । पाँचौ दिन डा. केसीको मुटुको चाल बढिरहेकोे, श्वास प्रश्वास फेर्न कठिन तथा पिसावको मात्रा घट्न थालेको अनसन स्थलमा रहेका डा. प्रविण गिरीले बताउनु भयो । उहाले भन्नुभयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले डा. केसीको स्वास्थ्य अवस्थाको वारेमा लिखित जानकारी दिने छ ,।डा. केसीको सत्याग्रहको बिषयमा सर्मथकहरुले हस्ताक्षर अभियान समेत शुरु गरेका छन् ।

अनसन स्थलमा व्यानरमा केसीका माग ठिक भएको भन्दै नागरिक समाज र यूवाहरुले हस्ताक्षर अभियान थालेका हुन ।नागरिक समाजका अध्यक्ष राजबहादुर महले भन्नु भयो यो अनसन जुम्ली नागरिकले बस्नु पर्ने अनसन हो । तर डाक्टर केसीले थाल्नु भएको छ । यो अभियानलनई तुवाउनु हुर्दैन सबैले साथ दिनु पर्छ । डाक्टर केसीले उठाएको माग जाहेज छ । सरकारले छिटटै पुरा गर्छ भन्नेमा हामीले आशा गरेका छौ । उहाले भन्नुभयो ‘१९औँ सत्याग्रह गरिरहनु भएका डा.गोविन्द केसीलाई भेटेर अनशनमा ऐकेबद्धता जनाएको छु। ‘न्याय नपाएका लाखौं गरिब, दुखीको माग हो यो माग कुनै ब्यक्तिको होइन । अध्यक्ष महले भन्नुभयो यसको लागी हामी सबैको साथ सहयोग आबश्यक छ

डा केसीको सत्याग्रहमा एक्केबद्धता जनाउनेको लर्को
.
चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. केसीको सत्याग्रह पाँचौ दिन पनि जारी छ । पाँचौ दिन डा. केसीलाई धेरै बढिले भेटेका छन् । उनीहरुले डा. केसीको सत्याग्रहमा एक्केबद्धता जनाउदै स्वास्थ्य लाभको कामना गरेका हुन् । सत्याग्रहमा भेटघाट गर्न आउने संग डा. केसीले भलाकुसारी गर्नुका साथै आफ्नो सत्याग्रहका बिषयमा प्रष्ट पार्ने काम गरे ।भेट्न आउनेले डा. केसीको स्वास्थ्य अवस्थाका बारेमा लिने गरेको सुभचिन्तक महेन्द्र कार्कीले बताउनु भयो । ,भेटन आउने सबैले तत्काल डा. केसीको स्वास्थ्य अवस्थामा चासो दिन सरोकारवालालाई आग्रह गरेका छन

 

 

सम्बन्धित समाचार