कर्णालीका हरेक जिल्लामा कोभिडको अस्पताल बनाईने ः मुख्यमन्त्री शाही
दिलमाया शाही
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हरेक स्थानीय तहमा अव कोभिडअस्पताल बनाइने बताउनु भयो । उहाले भन्नुभयो रहेका जिल्लामा आइसियु र भेन्टीलेटरको तयारी गर्न गर्नु पर्ने छ। मुख्यमन्त्री शाही जुम्ला पुगेर बिपत व्यवस्थापन समितिको वैठकमा सहभागि हुनु भएको थियो । मुख्यमन्त्री शाहीले अव आईसोलेशन भेन्टिलेटरमा जोड दिनुपर्ने बताउनु भएको हो ।
उहाँले अव कोरोना सँग घरमै लुकेर होईन, लडेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल नभईदिएको भए कर्णालीलाई समस्या हुने भन्दै कोभिडको समयमा ठूलो काम गरेको बताउदै यसको स्तरबृद्धिमा प्रदेश सरकारले जोड दिदै आएको बताउनु भयो । जुम्लाका स्थानीय तहका प्रमुखहरु, स्थानीय प्रशासन सहित सरोकारवाला निकायहरुको उपस्थितमा कर्णाली सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल जुम्ला पुगेर कर्णालीको कोभिड सहितको विपतको अवस्था र सरकारले गरेका कामहरुको बारेमा छलफल गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले जुम्लामा भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै खम्वाको रुपमा काम गरेको बताउनु भयो । उहाले यसको उन्नतिका लागि प्रदेश सरकारले प्रथामिकता दिदै आएको छ । मन्त्री भण्डारीले कोरोना यूद्धमा डट्ने सवैलाई धन्यवाद दिदै चुनौति सँगै जनप्रतिनिधिले जनताको घाउमा मलम लगाउने कामको अवसर आएको बताउनु भयो । कोरोना संक्रमणको अवस्था कर्णालीमा खासै सिकिस्त नभएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो । उहाँले ६ जना बाहेक अन्य मृत्यू नभएको बताउनु भयो ,। उहाले अन्य प्रदेशको तुलमा अहिले कर्णालीमा कम भएको जानकारी दिनुभयो । बिपतको वैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा सहित स्थानीय तहका प्रमुखहरु, नागरिक समाज, उद्योगी व्यवसायीले कोभिड १९ को अनुभव सहित प्रदेश सरकारलाई सल्लाह सुजाव दिएका छन ।








