किर्डाक नेपाल जुम्ला र काष्डा जुम्लाले संचालन गरेका बिकासी परियोजनाको समिक्षा ।
किर्डाक नेपाल र काष्डा जुम्लाले विगत तिन वर्ष देखि जुम्लामा संचालन गरेका परियोजनाको समिक्षा गरिएको छ । किर्डाक नेपाल जुम्लाले संचालन गरेको शिक्षा परियोजना र काष्डा जुम्लाले संचालन गरेको कृषि तथा आर्थिक विकास परियोजनाको समिक्षा गरिएको हो । जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा समिक्षा गरिएको हो । शिक्षा परियोजनाले ३ देखि ८ वर्षका बालबालिकाकाको गुणस्तरी, सुरक्षित र समावेशी शिक्षामा पहुँच पुराएको छ । पढाई शिविर तथा नानीबाबुको सिकाइमा सोचेभन्दा बढी उपलब्धी हासिल गरेको छ । यसैगरि काष्डा जुम्लाले संचालन गरेको कृषि तथा आर्थिक विकास परियोजनाले कृषि तथा आर्थिक विकासको माध्यमबाट गरिबी निवारणमा टेवा पुराएको छ । गुणस्तरीय सिमी उत्पादन तथा बजारीकरणले समुदायको जीवन स्तरमा सुधार गरेको हो ।
समुदायको संलग्नतामा बाल स्पोन्सरसीप परियोनजा परिवार र समुदाय भित्र बालबालिकाको विकासको अवस्थामा सुधार आएको सल्लाहकार समितिको बैठकमा छलफल भएको छ । किर्डाकले संचालन गरेको नेपाल विपद् जोखिम न्युनिकरण परियोजनाले विपद् उत्थानशिल समुदायको निर्माणमा सहयोग गरेको छ । शिक्षा, उत्थानशिलता, कृषि तथा आर्थिक विकास परियोजना, विपद् जोखिम व्यवस्थापन र बाल संरक्षण परियोजनाले गरिबी न्युनिकरण र शिक्षामा महत्पूर्ण भूमिका खेलेको छ । किर्डाक र काष्डाले जुम्लामा वल्र्डभिजन इन्टरनेश्नल नेपालको साझेदारीमा संचालन गरेको शिक्षा र कृषि परियोजनाले सकरात्मक प्रभाव पारेको छ ।
जुम्लाको पातारासि, गुठीचौर, तातोपानी र तिला गाउँपालिकामा संचालन भएका कार्यक्रमले प्रत्यक्ष महिला र बालबालिकाको जीवन शैक्षिमा परिवर्तन गरेको हो । कार्यक्रमका बारेमा जानकारी दिदै वल्र्डभिजन इन्टरनेश्नल नेपालका शुक्रराज गुरुङ्गले ४ करोड ९६ लाख ८० हजार ६ सय ८९ रुपैया खर्च भएको बताउनु भयो । उहाँका अनुसार कोरोनाले गर्दा परियोजनाका केहि क्रियाकलापहरु सम्पन्न नभएको जानकारी गराउनु भयो । पढाई शिविर कार्यक्रम प्रभावकारी भएकाले अपनत्व बढाउनको लागि वडा सरकारको स्वामित्व रहने गरी जिम्मेवारी दिईएको गुरुङ्गले बताउनु भयो । सल्लाहकार समितिको अध्यक्षता गर्नु भएका जिल्ला समन्वय समिति जुम्लाका काब प्रमुख कार्मा बुढाले किर्डाक नेपाल जुम्ला र काष्डा जुम्लाले संचालन गरेका परियोजनाले जुम्लामा सकरात्मक प्रभाव पारेको बताउनु भयो । उहाँले परियोजनाको लक्ष्य पुरा हुनुका साथै बालबालिका र कृषक जीवनमा सकरात्मक परिर्वतन आएको उहाँको भनाइ छ ।
गैर सरकारी संस्थाले गरेका कामको स्थानीय सरकारलाई जिम्मेवारी दिनु पर्ने बुढाको सुझाव छ । कार्यक्रमका सहभागिहरुले सोधेका प्रश्न तथा गुनासोको किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक दिपराज रावत र काष्डा जुम्लाका कार्यक्रम संयोजक भेषवहादुर रावलले जवाफ दिनु भएको थियो । सहभागिहरुले किर्डाक नेपाल र काष्डा जुम्लाले संचालन गरेका कार्यक्रमका सकरात्मक र सुधार गर्नु पर्ने पक्षका विषयमा गुनासो गरेका थिए ।








