जुम्लाः जुम्ला कारागारमा कैदीबन्दीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ल प्रहरी कार्यालय जुम्लाको आयोजना र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको सहयोगमा कारागारहरूमा रहेका कैदीबन्दीहरूका स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
कागारका कैदीलाई स्वास्थ्य जाँच गराउन एकै पटक अस्पताल लिन नसकिने भएकाले सम्बन्धीत ठाउमै डाक्टर बोलाई स्वास्थ्य जाँच गरिएको प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले बताए । उनले भने,‘कारागारहरूमा रहेका कैदीबन्दीहरूको स्वास्थ्यको अवस्था पत्ता लगाउन,कैदीबन्दीहरूको स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न,कैदीबन्दीहरू रहेकै स्थानवाट आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न शिविर सञ्चालन गरेको हो । उनका अनुसार यसलाई नियमित बनाइने छ ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले शिविरबाट कैदी बन्दीकहरुको स्वास्थ्य समस्या पत्ता लाग्ने छ । उनले भने,‘यदि कुनै जटिल प्रकारका रोगहरू समयमा नै पत्ता लगाइ अस्पताल र उपयुक्त विशिष्टिकृत अस्पतालमा प्रेषण गर्न सकिन्छ ।त्यसैले कैदीबन्दीहरूको सामूहिक बसाइ, खानपान तथा जीवनशैलीलाई परिमार्जन गर्दे व्यक्तिगत सरसफाइ, खानपिन, जीवनशैलीमा सुधार ल्याउने समेत यो शिविरले सहयोग पुग्ने छ ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरनन्द आचार्यले कारागार भित्र कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य जाँचको बन्दोबस्त मिलाउनु राम्रो पक्ष भएको बताए । उनले कैदीहरूको लागि स्वास्थ्य ,मनोरञ्जन देखि खेलकुदजस्ता गतिविधि समेत आबश्यक छ । उनले कैदी बन्दीहरुलाई सकरात्कम सोच बनाउनु आग्रह गरे ।
त्यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर राकेश कुमार यादवका अनुसार कारागारमा रहेका १सय २३ जना बन्दीकैदीलाई स्वास्थ्य जाँच गरिएको छ । उनका अनुसार उनीहरुमा ग्याष्टिक,मानसिक समस्या,श्वासप्रश्वास र एलर्जीको समस्या देखिएको छ । उनले भने,‘परीक्षणको क्रममा बन्दीकैदीमा खासै ठूलो समस्या देखिएको छैन ।