तिर्थबाट आउने क्रममा चट्याङ लागेर एक जनाको मृत्यू

फाईल फोटो

जुम्ला :तिर्थ आउने क्रममा चट्याङ लागेर एक तिर्थालुको मुत्यु भएको छ ।  जुम्ला र मुगुको सिमानामा रहेको भेरी नाका पाटनमा पर्ने ऋणमोक्ष तिर्थस्लमा पातारासी गढिगाउँ निवासी हाल चन्दननाथ नगरपालिका वडा नम्बर १ स्थित हिमालय खत्रीको घरमा बस्दै आएका धनसुर वुढाको मृत्यू भएको हो ।

पातारासी गाउँपालिका अध्यक्ष पूर्ण सिंह वोहराका अनुसार पातारासी गाउँपालिका १ गढिगाउँ निवासी हाल चन्दननाथ नगरपालिका वडा नम्बर १ स्थित हिमालय खत्रीको घरमा बस्दै आएका धनसुर वुढाको चट्याङ लागेर मृत्यूको बताए ।

यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्द्धका अनुसार जुम्लाबाट मुगुको ऋणमोक्ष तिर्थस्लमा जादै गरेको अवस्थामा जुम्ला र मुगुको भेरी नाका पाटनमा चट्याङ लागेर शुक्रवार ३ः३० बजे उनको निधन भएको छ ।प्रहरीका अनुसार उनी सँगै गएका २ जना सकुशल छन् ।प्रहरी निरीक्षक चन्द्धका अनुसार निधन व्यक्तिको शव पोष्टमार्टम गर्नका लागि जिल्ला सदरमुकामतिर ल्याईदै गरिएको छ ।

सम्बन्धित समाचार