रुपी छहरा पहिचान गर्न पुग्यो प्राविधिक टोली

जुम्ला :हिमा गाउँपालिका वडा नम्बर ५मा रहेको रुपी छहरामा प्राविधिक टोली पुगेको छ ।गुमनाम रहेको रुपी छहराको पहिचन गर्नका लागी गाउँपालिकाले प्राविधिक टोली पठाएको हो ।

त्यस्तै गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको पर्यटकीय सम्भावना रहेको रुपी छहरा अहिले सम्म गुमनाममा रहेको बताए ।उनले पहिचान गर्न प्राविधिक टोली खटाएको हो । उनका अनुसार गाउँपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख ईन्जिनियर तोरुण खड्काको नेतृत्वमा १२ जना प्राविधिक र स्थानीय त्यस क्षेत्रमा गएर फर्किएका हुन ।

त्यहा पुगेको टोलीले छहराको अबस्थाको अबलोकन गरेर फकिएका छन । उनीहरुले नाग्म गमगडि राजमार्ग अन्तरगत हरियाल्ला देखी रुपी छहरा सम्मको पैदल दुरी, पर्यटकीय पदमार्गको सभ्भावमा, समस्या, चुनौतिका र समस्या सामाधानको उपायहरुको बिषयमा अध्यायन गरिएको छ । त्यो टोलीले एक हप्ता भित्र प्रारम्भिक प्रतिवेदन गाउँपालिकालाई वुझाउने छ ।

रुपी छहराले हिमा गाउँपालिका तथा त्यस क्षेत्रको हत्वपुर्ण पर्यटकीय सम्भावना बोकेको छ। यस अघि रुपी छहराको पहिचान नहुदा गुमनाम रहेको थियो । रुपी छहरा हिमा गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ५ बाजागाडा देखी पैदल करिब ४ घण्टाको समय हिडेर पुगिन्छ ।
त्यस्तै गाउँपालिकाले यस अघि ख रुपी छहारा प्रचार प्रसारणका लागी नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही सहित स्थानीय वुद्धिजिवीको सुझाव संकलन गरेको थियो । गाउँपालिकाको आर्थिक बर्ष २०८१।०८२ को निति तथा कार्यक्रममा समेत रुपी छहराको पहिचान गरि आबश्यक पूर्वाधारका निमार्ण गरिने बताइएको छ ।

छहराको बास्तविक अवस्थाका बिषयमा पहिलो पटक सरकारी स्तरको प्राविधिक टोली पठाएको छ । सो क्षेत्रमा यस अघि प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढा सहितको टोली पनि पुगेर फर्किएको थियो । गाउँपालिका अध्यक्ष शाहीका अनुसार प्राविधिकहरुको प्रतिवेदन पछि सरोकारवालाहरुको टिम पुग्ने योजना रहेको छ ।

सम्बन्धित समाचार