कर्णाली राजमार्गमा निरन्तर पहिरो


जुम्ला :कर्णालीको जुम्ला र कालिकोट खण्डमा निरन्तर पहिरो गईरहेको छ ।कर्णाली राजमार्ग वर्षायामको समयमा निरन्तरको पहिरोको जोखिम हुदै आएको छ ।
त्यस्तै सड्क डिभिजन कार्यालय जुम्लाका अनुसार साउन महिनमा मात्रै कर्णाली राजमार्गमा करिव दर्जन बढि स्थानमा पहिरो गएको छ ।सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतन कुमार मण्डलका अनुसार राजमार्गमा निरन्तर आएकोले सकस भइरहेको छ । उनका अनुसार साउन महिनामा कतै ठूलो पहिरो त कतै सानो पहिरो आएका कारण समस्या भएको हो । निरन्त सड्कमा पहिरो जाने भएकाले त्यस क्षेत्रमा स्रोत साधन प्रयोग गरेर काम भईरहेको छ ।

कर्णाली राजमार्ग अन्तरगत मोल्फा र चौखोलामा ठूलो पहिरो गएको छ । सड्क सुचारु गर्न गाल्जेबाट स्काभेटर पठाउने तयारी भईरहेको छ । सडक डिभिजनले जारी गरेको सूचना अनुसार कालिकोटको पिलि (कल्यान खोला) मा अवरुद्ध भएको सडक एकतर्फी रुपमा सञ्चालन भइसकेको छ भने कालिकोटको चौखोला र मोल्फामा समेत पहिरो आई सडक अवरुद्ध भएको जानकारी दिएको छ ।
सड्क डिभिजनका अनुसार कालिकोटको पिलि (कल्यान खोला,चौखोला , र मोल्फामा पहिरो आई सडक अवरुद्ध भएको छ । उक्त स्थानमा सडक सूचारु गर्नको लागि यस डिभिजनको व्याकहोल लोडर परिचालन भई जानकारी दिएको छ । कार्यालयका अनुसार साउन २७ गते अविरल बर्षाको कारण कालिकोटको यस मोड र गगनेखोलामा पहिरो आई सडक सञ्चालनमा आएको छ ।
यसैगरी साउन महिनामा जुम्ला र कालिकोट खण्डको विभिन्न क्षेत्रमा अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालिकोटको राँचुली , मोल्फा र फुर्के साँझमा आएको पहिरोले गर्दा बाटो अबरुद्ध भएको थियो ।
यसैगरी अविरल वर्षाको कारण सुर्खेत जुम्ला सडक खण्ड अन्तर्गतको गगने खोला र कालेखोला कालिकोटमा आएको पहिरोले गर्दा अबरुद्ध भएको बाटो सन्चालनमा आएको थियो ।यसैगरी सड्कले निरन्तर पहिरो गईरहेका कारण यात्रुहरुलाई सावधानी अपनाएर यात्रा गर्न सूचना जारी गर्दै समेत आएको छ ।

त्यस्तै राजमार्ग निरन्तर पहिरो गएका कारण समस्या भईरहेको छ । भने यात्रुहरुलाई उत्तिकै सकस बनाएको छ । तर राजमार्ग मर्मत र निरन्तरको पहिरोको कारणले भएको समस्या विषयमा जिल्ला विपत व्यवस्थापन समिति तथा स्थानीय प्रशासन मौन देखिन्छ । राजमार्ग क्षेत्रमा ठूलो पहिरो पञ्छाउन कतै बिष्फोट गनुपर्ने हुन्छ भने कतै ठूलो सामग्रीको आवश्यकता पर्दछ । यस बिषयमा अन्य निकायको खासै चासो देखिदैन ।

त्यस्तै नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतका अनुसार बर्षातको समयमा सड्कको बिषयमा साउन महिनाभरी छलफल तथा वैठक नराख्दा पूर्व तयारीका बिषयमा जानकारी नभएको बताए ।उनले अहिले राजमार्ग निरन्तर पहिरो गईरहेको समयमा सड्कको मात्रै जिम्मा भए जस्तो देखिन्छ।यहका स्थानीय प्रशासनले यस्ता बिषयमा बैठठक राख्नका लागी कुनै चासो दिएको छैन । प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले भने सड्कमा निरन्तर पहिरो गएपछि सड्कले काम गरिरहेको बताए ।उनले बिष्फोटको आवश्यकता भएमा सुरक्षा निकाय तयार भएको .छन ।

 

सम्बन्धित समाचार