मुगु ः चिन र नेपालसङ्ग सिमा नाका जोडिएका स्थानिय प्रमुखहरु विच भेटवार्ता भएको छ । चिनको ह्यजिमारमा चलिरहेको हाटबजारमा मुगुम कार्मारोङ्ग गाउपालिका प्रमुख र चिनका नाका हेर्ने प्रमुख विच भेटवार्ता भएको हो । शनिवार (१० अगष्ट २०२४) मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुख छिरिङ्ग क्याप्ने लामा र मुगु,डोल्पा,हुम्ला हेर्ने चिनियाँ अधिकारी शुचि विच वान टु वान भेटवार्ता भएको मुगम कार्मारोङ्ग गाउपालिकाका सुचना अधिकारी सोबेन्द्र बहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार भेटवार्तामा पालिका प्रमुखले नाग्चेलाग्ना नाका चीन र नेपालको परम्परागत नाका भएकोले सिमासम्म दुबै देशले सडक पुगाउनु पर्ने बताए । मुगुम कार्मारोङ्ग गाउपालिका प्रमुख छिरिङ्ग क्याप्ने लामाले यहाँ आवश्यक भएका पुर्वाधार बनाएको खण्डमा दुबै देशका नागरिकलाई हज हुने बताए । उनले ,स्थायी रुपमै नाका खोल्न हामी नेपाल सरकारसङ्ग पहल गर्छौ छ । उनका अनुसार हजुरहरुले पनि चिनियाँ सरकारसङ्ग पहल गर्नु पर्यो भने प्रस्ताव गरेका हुन ।
सिमा नाका हेर्ने स्थानिय चिनियाँ अधिकारी सुचिले पालिका प्रमुखको प्रस्तावलाइ स्विकार गर्दै आफुले पनि नेपालसङ्गको १३ नम्वर पिल्लर रहेको चिनियाँ नाका सहित अन्य नाका स्थायी रुपमै खोल्न र सडक लगायत अन्य पुवाधार बनाउन पहल गर्ने प्रतिवद्धता गरेका हुन ।
त्यस्तै मुगुम कार्मारोङ्ग गाउपालिका प्रमुख छिरिङ्ग क्याप्ने लामा सहितको नेपालको टोलि शनिवार चिनको ह्यजिमार पुग्दा चिनियाँ सिमा अधिकारी शुचि सहितको टोलिले टसि खाता सहित चिनियाँ परम्परा अनुसार स्वागत गरेका थिए । कोरोना समय देखि ५ वर्ष बन्द रहेका नेपाल चिनका ८ परम्परागत नाका यो वर्ष चिनले १५ दिनका लागि खोली दिएको छ ।
१५ दिनको यो अवधीमा चिनले सिमा नाकामा हाट बजार लगाएको छ । हाट बजार यही साउन १७ गतेबाट ३१ गते सम्म चल्ने छ ।चिनको भुभाग ह्यजिमारसम्म समथल रहेकाले सवारी साधनहरु नाकासम्मै आउने गर्दछन तर मुगु जिल्ला सदरमुकाम गमगढीबाट नाग्चेलाग्ना सम्म रहेको ८७ किमि सडक दुरि मध्य १७ किमि मात्र ट्याक खोलिए पनि बाकी पैदल यात्रा गर्नु पर्ने अवस्था छ ।