जुम्ला प्रहरीले दियो कैदी बन्दीलाई पुस्तक

जुम्ला:  जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागार जुम्लाका कैदी बन्दीलाई किताब हस्तान्तरण गरेको छ । नेपाल प्रहरी श्रीमति संघको ४० औँ बार्षिक उत्सवको अवसरमा कारागारका कैदीवन्दीलाई पुस्तक दिइएको हो। प्रहरीले कैदीवन्दीलाई भित्रै अध्ययन गर्न सजिलोका लागि विभिन्न लेखकका पुस्तक हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले बताए ।उनले कैदीबन्दीलाई कारागार भित्र किताब उपलब्ध गराउला उनीहरुले ज्ञान लियर सकरात्कम सोच आउनु भन्ने पनी हो ।उनका अनसार कारागार सुधार केन्द्र हो।

जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्य र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे र प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिले पुस्तक हस्तान्तण गरेका हुन । त्यस्तै २०७५÷७६ सालतिर तत्कालिन कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाहले कर्णाली प्रदेशका कारागारमा पुस्तकालय अभियान थालेका थिए । त्यतिबेलाको अभियानदेखि कारागारमा पुस्तक थपिदै ८ सय बढी पुस्तक पुगेका छन ।अहिले जुम्ला कारागारमा पाँच जना महिला सहित १२३ जना कैदीवन्दी रहेको जेलर जया प्रसाद पाण्डेले जानकारी दिए ।

त्यस्तै प्रहरी नायव उपरीक्षक कामतीका अनुसार चाँदीको घेरा थान ८, शंकराचार्यको जीवनी थान १, पानी र मानवता थान १, आधुनिक नेपाली महाकाब्य थान १, मान्छे निवन्ध संग्रह थान १, संकराचार्यको जीवनी थान १, अब्यक्त गिता थान १, रामकृष्ण र बुद्ध दर्शन थान एक सहित विभिन्न ३० थान पुस्तक दिइएको छ । पुस्तक सँगै १६ थान लुडो र चेस समेत कारागारका कैदीबन्दीलाई उपलब्ध गराईएको हो ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पुस्तकले बन्दी भएको अवस्थामा समेत अध्ययन गरेर ज्ञान दिन सिक्ने मध्यम भएको बताए ।उनले जेलबाट बाहिर पछि धेरैको जिवन परिवर्तन भएको बताए ।उनका अनुसार कतिपय ब्यक्तिहरु जेलबाट आएपछि सात्यकार,लेखक जस्ता रचना गर्ने गरेको उनीहरुको जिवनी पढ्दा थाहा हुन्छ ।उनले जुम्ला कारागारमा रहेका बन्दीलाई सकरात्कम ज्ञान लिइ कारागार पछिको जिवन राम्रो बनाउन अनुरोध गरे ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले ठूला ठूला विद्धानहरु कारागारमा बन्दी जीवन विताईरहेको समयमा अध्ययन गरेर, पुस्तक लेखेर आफुलाई सफल ब्यक्तिको परिचय बनाएको बताए ।जुम्ला कारागारका कैदी बन्दीले खानेपानीको अभाव भएको बताएका छन । उनीहरुले २४ घण्टा पानी आउने खानेपानीको धारा जडान गरी दिन स्थानीय प्रशासन मार्फत अनुरोध गरेका छन ।

सम्बन्धित समाचार