जुम्लाको शान्ति सुरक्षा : कहिले शंकास्पद बस्तु त कहिले नक्कली प्रहरीको त्रासमा नागरिक

जुम्ला : पछिल्लो समयमा जुम्लामा शान्ति सुरक्षा अस्त ब्यस्त देखिएको छ । यहका नागरिक कहिले शंकास्पद बस्तु त कहिले नक्कली प्रहरीको त्रासमा रहेका छन । तर यहाको प्रशासनको प्रमुख काम यतिखेर टिकट प्रदर्शन र औपचारिक कार्यक्रमका अतिथी सत्कार तर्फ केन्द्रित देखिएको छ  । जसको उदारण हो ,बिहिबार साँझ जुम्लाको चन्दननाथ नगरपालिका –२ मा प्रेसर कुकर बम राखिएको भन्दै नागरिकले प्रहरीलाई जानकारी दिए ।

प्रहरी र सेनाले प्रेसर कुकर शंकास्पद देखेपछि रात भरी डिउटी गरेको थियो । प्रहरीका अनुसार त्यो शुक्रबार बिहाना डिस्पोज गर्दा खाली रहेको पाइयो । विहिबार चन्दननाथ २ मा भेटिएको रातो टेपले बेरिएको शंकास्पद वस्तु बम नभई खाली कुकर मात्रै रहेको पृष्टी भएको जुम्ला प्रहरीले जानकारी दिएको हो ।

शुक्रबार नेपाली सेनाले आफ्नो प्रक्रिया पुरा गरी डिस्पोज गर्दा कुनै बम नभएर खाली प्रेसर कुकर मात्रै भेटिएको प्रहरी नायब उपरिक्षक डिएसपी छेदिलाल कामतीले बताए । उनका अनुसार रातो टेपले बेरिएको अबस्थामा भेटिएकोले बम हुन सक्ने आशंकामा उक्त क्षेत्रमा आवतजावतनै बन्द गरिएको थियो । त्यो  प्रेसर कुकर कसले किन र केका लागी राखेर समाजमा एक खालको त्रास फैलाउने काम गरेको हो,भन्ने कुराको कुनै अत्तो पत्तो लागेको छैन । त्यस्तै अर्को घटनाहो गत शुक्रबार राती साढे १० बजेको समयमा चन्दननाथ नगरपालिका–१ एयरपोर्ट स्थित कान्जिरोवा होटल बाट नक्कली प्रहरी भन्दै गएको दुई जनालाई प्रहरीले प्रकाउ गरेको थियो ।

प्रहरीको भेषमा लुटपाट गरि अपराधिक लाभ लिन खोज्ने दुई व्यक्तिलाई पक्राउ गरिएको बताउदै आएको छ । प्रहरीका अनुसार प्रहरीको ब्युरो टोली हौँ भन्दै अपराधिक लाभ लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कान्जिरोवा होटेलमा बास बसिरहेरको व्यक्तिहरुलाई २ जना व्यक्ति आई अस्वभाविक व्यबहार गरी हामीहरु सिभिल प्रहरीको ब्यूरो टोली हौं, भनी हातमा चाईनिज सेट जस्तो देखिने चिज देखाई अपराधीक लाभ लिने मनसाय राखी गाली गलौज तथा धाक धम्क दिई तिमीहरु संग नगद रुपैया छ, के कहाँबाट ल्याएको हो ? देखाउ भनि धकेला धकेल गरिरहेको सूचना प्राप्त हुने बित्तिकै प्रहरी टोली पुगेर नियन्त्रणमा लिईएको हो । तर यसको बास्तबिक कुरा आउन सकेको छ्रैन । यस्ता खालका गतिबिधि हुदै आएकाले नागरिकलाई त्रासको अनुभुति भएको बिभिन्न चिया चोकहरुमा बताउने गरेका छन ।

जुम्ला प्रहरीका अनुसार उनीहरु माथी अनुसनधान भइरहेको छ । यस अपराधिक गतिबिधि बढी रहेका बेला यहाको प्रशासन भने मौन देखिएको छ । त्यस्तै जुम्लाको मुटुमा रहेको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारको मुख्य–मुख्य चोकमा शान्ति सुरक्षालाई थप मजबुत बनाउनका लागि सिसी क्यामरा जडान समेत जडान गर्न सकेको छैन । आपराधिक क्रियाकलापसँगसँगै सडक दुर्घटना न्यूनीकरणका लागि भन्दै प्रहरीले पटक पटक सिसि क्यामरा जडान गरिदिन आग्रह गर्दै आएको छ । बढ्दै गएको प्रविधिको युग संगै जुम्लाका मुख्य ठाउँहरुमा सिसिटिभिहरुको जडान नुहदा अपराध न्युनिकरण गर्न प्रहरीलाई असज भइरहेको छ ।

 

 

सम्बन्धित समाचार