जुम्ला कारागारमा रहेका मुगुका कैदीको मृत्यू

जुम्ला : जुम्ला कारागारमा रहेका कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा दुई वर्षदेखि कैद भुक्तान गरिरहेका खत्याड गाउपालिका २ का प्रदीपकुमार टमटाको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । अन्दाजी ४२ वर्षका उनी २०७९ साउन २७ गतेबाट जवरजस्ती करणी मुद्दामा जेल भुक्तान गरिरहेका थिए ।टमटालाई आईतवार विहान व्याडमिन्टन खेलेपछि लुडो समेत खेलेका र करिब साढे १० बजे एक्कासि अप्ठ्यारो भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य शिक्षण अस्पतालमा लिईएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतिका अनुसार मुगुको खत्याड गाउँपालिका–३ का कैदी टमटाको एक्कासि मृत्यू भएको हो । उनका अनुसार अस्पतालामा करिब साढे १२ बजे उनको निधन भएको हो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कैदी टमटाको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने चिकित्सकले बताएको बताए । उनले अनुसार एक्कासि ढलेपछि उनलाई अस्पताल लगिएको थियो । घटनालगत्तै प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको सुरक्षाको टोली कारागार र अस्पताल गएको थियो ।

सम्बन्धित समाचार