विधुतीय मेसिनबाटै कपडा सिलाउदै पातारासीका महिला


पातारासी गाउँपालिका पाँच की सरिता बुढा सिलाई कटाई गर्न थालेकी छन । उनले आत्म निर्भर बन्नका लागी यस्तो पेसा गरेको बताइन । उनले भनिन, तालिम पाएपछि कपडा सिलाउन थालेको हुँ । उनका अनुसार वैकल्पिक उर्जा प्रर्वधन केन्द्रको सहयोगमा पुर्नताजगि तालिम लिएको बताइन । उनी मात्रै नभइ अहिले १४ जना महिलाले विधुतीय मेशिनबाट सिलाई कटाई व्यवसाय सूरु गरेका छन । सरिताले मासिक १५ हजार सिलाईकटाईबाट आम्दानी हुन थालेको बताइन । यस अघि आधारभुत तालिम पाइएका महिलाहरुलाई वैकल्पिक उर्जा प्रर्वधन केन्द्रको पुर्नताजगि तालिम दिएको पछि पातारासी गाउँपालिकाको लासी बजारमा उहाँ जस्तै एक दर्जन महिलाहरु व्यवसाय गर्न थालेका हुन ।


त्यस्तै गाउँपालिकाको केन्द्र भएको लासी बजारमा पशल गरी रहकेकी भएका गुठिचौर २ का तारादेवी ऐडि ३ बर्ष देखी सामान्य सिलाईकटाई व्यवसाय गर्दै आएकी थिइन । अहिले उनी १५ दिने पुर्नताजगि तालिम लिएपछि व्यवसाय राम्रो हुन थालेको बताउछिन ।ऐडिले वैकल्पिक उर्जाले सो तालिम दिएपछि थप उर्जा बढ्ेको बताइन । उनका अनुसार विजुलीबाट बल्ने विधुतबाट संचालन हुने सिलाईकटाई मेशिन निशुल्क प्राप्त भएको छ । यो मेशिनले छिटो कपडा सिलाउन सहयोग पुगेको छ ।
पातारासी गाउँपालिकाको केन्द्र लासी बजारमा अहिले उनिहरु कपडाहरु सिलाउने व्यवसायलाई अगाडी बढाउन थालेका छन् । नर्वे सरकार र संयुक्त राष्ट्र विकास संघको आर्थिक तथा प्राविधि सहयकोगमा सञ्चालित वैकल्पिक उर्जा प्रर्वधन केन्द्र कृषि खाद्य कार्यक्रमका लागि नविकरणीय उर्जा कार्यक्रम अन्तरगत १४ जना महिलाहरुलाई सुर्खेतमा १५ दिने सिलाई कटाई सम्बन्धी सिप विकास तालिम सहित विजुलीबाट संचालन हुने आधुनिक जुकि मेशिन वितरण गरिएको फिल्ड संयोजक पृथ्वीबहादुर शाहीले बताए । उनले भने,तालिम र मेशिन उपलब्ध गराएपछि उनिहरु व्यवसाय रुपमा लागेका छन । उनका अनुसार प्रति व्यक्ति रु ४८ हजार मुल्यको विधुतबाट सञ्चालन हुने मेशिन उपलब्ध गराईएको हो ।


त्यस्तै गुठिचौर २ का गोरबहादुर ऐडिले ४ बर्ष देखी आफुले व्यवसाय गरिरहेको समयमा अहिले वैकल्पिक उर्जाले श्रीमति तारालाई पुर्नताजगि तालिम दिई विधुतीय मेशिन उपलब्ध गराएकाले व्यवसाय पथ मद्दत्त पुगेको बताए । उनले तारादेवीको मासिक ३५ हजार आम्दानी सिलाईकटाईबाट हुने गरेको बताए । अहिले विद्यालयका पोषाक, भोटो, सुरुवाल, बुलाउज, सट पईन्ट, कुर्ता सुरुवात यतै सिलाउन थालेका छौ ।उनले कहिले काँही ग्राहकहरु बढि आउने भएकाले विधुती मेशिनले धेरै छिटो हुने गरेकोमा खुशी ब्यक्त गरे ।
यस अघि पातारासीका मानिसहरु सामान्य कपडाहरु सिलाउन एक दिन लगाएर जुम्ला बजार आउने गरेका थिए । लासी बजारमै सिलाई कटाइ ब्यवसाय राम्रो संग संञ्चालन गर्ने सकेको खण्डमा त्यहाका नागरिकलाई सहज हुने देखिएको छ । अहिले १४ जना पुर्नताजगी तालिम लिएका महिलाहरु आफ्नो सपल खोलेर व्यवसाय गरिरहेका छन् ।

त्यस्तै पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट ९९८ किलोवाटको परिक्षण प्रसारण सफल भएकाले सो विधुतको दिर्घकालिन प्रयोग गरि काम गर्ने उद्देश्यले लासीबजारका महिलाहरुलाई व्यवसायी बनाउने उद्देश्य रहेको वैकल्पिक उर्जा फिल्ड संयोजक शाहीले बताए । उनका अनुसार अहिले बजारमा डिल्लाीचौर विधुत सहकारी संस्था तथा साना जलविधुत आयोजनाबाट ५८ किलोवाट विधुत संचालन भईरहेकोमा अव चुकेनीको विधुत जोड्ने तयारी भईरहेको छ । ९९८ किलोवाट चुकेनी विधुतले बत्तिको चरम अभाव भोगिरहेको जुम्ला सदरमुकाम लाई उज्यालो दिएको छ ।

सम्बन्धित समाचार