जुम्ला: जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा विषादी व्यवस्थापन तथा न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । जुम्लाका किसान, सरोकारवाला निकायहरुको सहभागितामा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका जुम्लाका प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले जुम्लामा विषादीको प्रयोग, गरी बालबालिकाहरुको मृत्यु भएको बताएका छन । उनका अनुसार आर्थिक वर्ष २०७८ ÷७९मा १३ जनाले बिषादी प्रयोग गरेका छन ।
त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा १४ जना रहेका छन भने, आर्थिक वर्ष २०८० ÷८१ मा १३ जनाले विषादीको प्रयोग गरेका छन । कृषि बालिको लागी किसानले लिने तर जथाभाबी राख्ने गरेका कारण बालवालिकाले बढी मात्रमा प्रयोग गरेको देखिन्छ ।यसका लागी विषादी प्रयोगमा अपनाउनु पर्ने सचेतनाका कार्यक्रम गर्न जरुरी छ । जिल्ला प्रहरीका अनुसार पछिल्लो समयमा आत्मा हत्याको कारण नै बिषादी प्रयोग देखिएको छ ।
त्यस्तै जुम्लाका प्रमुख जिल्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बिषादी प्रयोगमा ध्यान नदिदा बालवालिकाको ज्यान गएको बताए । उनले जीवनाशक विषादीको सुरक्षित प्रयोग तथा व्यवस्थापन हुन जरुरी छ । उनले भने, बालबालिकालाई बिषादी बिक्रि नगर्ने बिषादी बेच्न पाउने निकायहरुले वडाको सिफारिस, किन्ने ब्यक्तिको नाम गेठना पारिवारिक जिम्मेवारी जस्ता तथ्याङ राख्नु पर्ने छ ।
किसान किन विषादी प्रयोग गर्न वाध्य छन
जुम्लाका किसानलाई जैविक विषादी उत्पादन नभएकाले व्यावसायिक खेती गर्न गाहे भएको बताएका छन । उनीहरुका अनुसार विकल्पमा प्रयोग गर्न सकिने भनिएका जैविक तथा वानस्पतिक विषादी जुम्लामा उपलब्ध हुन सकेको छैन । रासायनिक विषादीको अनियन्त्रित प्रयोगले स्वयं किसान तथा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको विज्ञहरु बताउँछन्।
त्यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यलय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले अझै धेरै किसानहरुलाई रासायनिक विषादी र तिनको प्रयोगको सही तरीकाबारे जानकारी नभएको बताए ।उनले भने,विश्वको तुलनामा यहाँ विषादीको प्रयोग न्यून हुन्छ। तर पनि जनचेतनाको कमीले समस्या ठूलो भएको छ।विषादी प्रयोग गर्दा समय, मात्रा, किसिम र सावधानीबारे पर्याप्त सचेतना नहुँदा किसान स्वयं समेत क्यान्सर जस्ता कडा रोगको बढी जोखिममा पर्ने गरेका छन ।