जुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा


जुम्ला : जुम्ला पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। सोमबार जिल्ला खोप समन्वय समिति र जन स्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा एक कार्यक्रमका बीच खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । जिल्लाका सात वटै स्तानीयतहका बालबालिकालाई खोप लगाएको जन स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताए। त्यसका लागि खोपलाई सबैले प्राथमिकता राख्नुपर्ने सुझाए । स्वास्थ्य सुधार गर्नका लागि आगामि सरकारले नै स्वास्थ्यलाई प्राथमिकता दिएको छ ।
त्यस्तै चन्दननाथ नगरपालिकाका निमिक्त कार्यकारी अधिकृत पृथ्बी नाथ यौगीले स्वस्थ रहनको लागि बालवालिकाहरुको खोपमा ध्यान दिनु पर्ने बताए । खोप सुनिश्चिताका लागि सबैको मेहनत सराहनीय रहेको बताए। उनले नेपाल सरकारले खोपको कार्यक्रम २०३४ सालमा सूरु गरेको बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा महत्वपुण रहेको बताए ।उनले भने,‘सरकारको नीति अनुसार निरन्तर रूपमा पुर्णखोप दिगोपना सुनिश्चितता तथा निरन्तरता जिल्ला घोषणा गरिएको छ ।खोप र रोग सम्बन्धीका सुचना प्रचारण प्रचार गर्न आबश्यक छ ।


त्यस्तै बालबालिकाले बीसीजी, डीपीटी, दादुरा रुवेला, निमोनियाँलगायतका सबै खोप पुरा गर्नु पर्ने जन स्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरिक्षक प्रेम सुमाइले बताए ।उनका अनुसार १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोप पाएपछि पुर्ण खोप सुनिश्चित् जिल्ला घोषण गरिएको हो । उनले भने, जुम्लाका २ हजार ९ सय २७ बालवालिकाले पुर्ण खोप लगाइएको छ ।
त्यस्तै जिल्ला समन्वय समितिका का.बा. प्रमुख जनक थकालीले बालबालिकाका लागि पूर्णखोपको अभियान महत्वपुण रहेको बताए । उनले सबै बालबालिकालाई अहिले पूर्ण खोप लगाएर पूर्ण खोपको सुनिश्चितता गरिएकोमा सबै पालिकाका स्वास्थ्यकर्मीहरु प्रति आभार ब्यक्त गरे । उने बालबालिकालाई रोग लाग्नु भन्दा पहिलो रोग लाग्न नदिनका लागी सरकारले थालेको खोप अभियान कार्यक्रमा प्रथामिकतामा राखेर कार्यन्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता गरे ।


त्यस्तै आगामी वर्षमा पनि जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्र्ने कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता सहित संयुक्त रूपमा हस्ताक्षरसमेत गरिएको छ।
जनस्वास्थ्य कार्यलय जुम्लाले पुर्ण खोप पूर्ण खोपको सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमा आठ बटै स्थानीयतहका स्वास्थ्य शाखालाई सम्मान समेत गरेको छ ।

 

सम्बन्धित समाचार